११ जेष्ठ २०८१, शुक्रबार

बिच भलिबलको उपाधि एपीएफलाई

एसीपी संवाददाता

१६ पुष २०७६, बुधबार १३:०० मा प्रकाशित

पुस १६, २०७६रमेशकुमार पौडेल

चितवन — सौराहामा जारी हात्ती महोत्सवमा आयोजना भएको बिच भलिबलको विजेता सशस्त्र प्रहरीको एफीएफ क्लबको ए टिम भएको छ ।

एपीएफले मंगलबार फाइनलमा नेपाल प्रहरीको ए टिमलाई पराजित गरेको हो । बिच भलिबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबाट दुई दुई टोली गरेर महिला भलिबलका ६ टोलीले तीन दिन प्रतिस्पर्धा गरेका थिए । पुलिसकै बी टिमले तेस्रो स्थान प्राप्त गर्‍यो ।

त्यसैगरी मंगलबार नै हात्तीसँग सम्बन्धित खेल हात्ती पोलोको दोस्रो खेल सम्पन्न भएको छ । राप्ती नगरपालिकालाई २ का विरुद्ध पाँच गोलले पराजित गरेर रत्ननगर नगरपालिका फाइनलमा पुगेको छ ।
उपाधिका लागि रत्ननगरले आउँदो शुक्रबार खैरहनी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । हात्ती पोलोमा चार टिम सहभागी थिए । पूर्वी चितवनका चारवटा नगरपालिका खैरहनी, रत्ननगर, कालिका र राप्तीले पोलोमा प्रतिस्पर्धा गरेका थिए । हात्ती महोत्सवको समापन नै शुक्रबार हुँदै छ । सोही दिन पोलोसँगै छावाहरूको फुटबलको पनि फाइनल खेल हुने महोत्सवको खेलकुद संयोजक अञ्जन पाण्डेले जानकारी दिए ।
हात्ती महोत्सवको सर्वाधिक आकर्षणका रूपमा हात्तीको पिकनिक रहने गर्दछ । उक्त कार्यक्रम बुधबार मध्याह्न आयोजना हुने आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहा चितवनका अध्यक्ष दीपक भट्टराईले बताए । त्यसैगरी हात्तीहरूको सुन्दरी प्रतियोगिता पनि महोत्सवमा हुने गर्दछ । उक्त कार्यक्रम बिहीबार दिउँसो हुनेछ । बिहीबार नै इलिफेन्ट फास्ट वाकको पनि फाइनल हुने छ ।
१६ वर्षदेखि सौराहामा क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर महोत्सव आयोजना हुँदै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x