बिभिन्न मन्त्रीहरुलाई नेपाल-प्रचण्ड समुहका बिद्याथीहरुले देखाए कालो झण्डा
फाइल तस्बिर / आज देश्का बिभिन्न स्थानमा बिभिन्न मन्त्रीहरुलाई माधव नेपाल र प्रचण्ड आबद्ध बिद्यार्थीहरुले कालो झण्डा देखाएका छन् । कैलालीमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कालोझण्डा हो ।
अनेरास्ववीयू कैलालीले मन्त्री चौधरीलाई आज बिहान कालोझण्डा देखाएको थियो । यसैबीच सिन्धुपाल्चोकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई सिन्धुपाल्चोकमा कालो झण्डा देखाइएको छ।
बिहीबार सिन्धुपाल्चोकको खाँडीचौरमा आयोजना गरिएको नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आएका उपप्रधानमन्त्री पोखरेल र खेलकुद मन्त्री तामाङलाई जिल्लाका युवा संघ र अनेरास्ववियुका युवा नेताहरूले कालो झण्डा देखाएका हुन् । साथै जाजरकोटमा पनि खानेपानी मन्त्री मणिचन्द्र थापालाई जाजरकोटमा कालो झण्डा देखाइएको छ । अनेरास्ववियूका विद्यार्थीहरुले जाजरकोटमा अगुवा कार्यक्रता भेलालाई सम्वोधन गर्न आएका मन्त्री थापालाई कालो झण्डा देखाएका हुन्।
अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत मंगलवारदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको छ । सोही कार्यक्रमअन्तर्गत नै देश भरी बिभिन्न मन्त्रीहरुके कार्यक्रममा जाँदा आउँदा कालो झण्डा देखाइएको हो ।


