२ भाद्र २०८३, मंगलवार

बुद्धभुमी युवा समाजद्वारा तिहारको पूर्वसन्ध्यामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

३ कार्तिक २०८२, आईतवार १०:०३ मा प्रकाशित

कपिलवस्तु — कुशासन, भ्रष्टाचार र बेथिति विरुद्धको अभियान सञ्चालनार्थ गठित बुद्धभुमी युवा समाज बुद्धभुमीको आयोजनामा शनिबार शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत् ११४६ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम बुद्धभुमी क्याम्पस चौवन्नपुरमा भव्यताका साथ सम्पन्न गरिएको छ।

कार्यक्रममा सहभागी सुमन खड्का, सुनिल भण्डारी, समाजका शुभेच्छुक राबेन्द्र कुमार ठाकुरलगायतका व्यक्तिहरूले आ–आफ्नो तर्फबाट शुभकामना व्यक्त गर्नुभएको थियो।

समाजका सचिव दिपेन्द्र कुमार कुर्मीको सञ्चालनमा सम्पन्न कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष बिरेन्द्र थापाले गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष प्रदीप खरालले स्वागत मन्तव्य राख्दै उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले चाडपर्वले व्यक्तिमा सकारात्मक सोच र एकताको भावना विकास गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले समाजले आत्मसात गरेको लक्ष्य प्राप्तिका लागि “एक थुकी सुकी, सय थुकी नदी” भन्ने भनाइ स्मरण गर्दै सबै सदस्यहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै उहाँले समाजका अभियानहरूमा सक्रिय सहभागिताका लागि सबैलाई आह्वान गर्दै कार्यक्रमको समापन घोषणा गर्नुभयो।

कार्यक्रमको अवसरमा उपस्थित स्थानीयबासी तथा समाजका सदस्यहरूबीच आपसी सद्भाव, भाईचारा, सहअस्तित्व र सामाजिक एकताको आत्मीयता आदानप्रदान भएको थियो। बुद्धभुमि युवा समाजका अनुसार यस्ता कार्यक्रमहरूले हाम्रो संस्कृति, रीतिरिवाज र चाडपर्वलाई पुस्ता हस्तान्तरण गर्दै जीवन्त राख्न सहयोग पुग्ने विश्वास गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x