ब्यापार संघमा अध्यक्षका लागि रौनियार मात्र विकल्प -स्थानीय ब्यापारी,महिलाहरु घर दैलोमा ब्यस्त
नेपालगन्ज बाके ८ गते बुधबार । नेपालगन्ज उद्धोग ब्यापार संघको आगामी माघ ११ गते हुने निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई बिजयी बनाउन महिला ब्यबसायीहरु प्रचार प्रसार मा होमिएका छन् ।
महिला ब्यबसायीहरुले नेपालगन्जका विभिन्न स्थानहरुमा गएर घरदैलो तथा भेटघाट गर्दै रौनियार प्यानललाई बिजयी गराउन मतदाताहरु सग भोट माग्दै हिंडेेेेेका छन् ।भने समाजिक संजालमा ललित रौनियारकै प्यानल्को जित सुनिश्चित हुने चर्चा शुरु भएको छ । दशकौंदेखि ब्यापार संघलाई राम्रो सङ र ब्यापारको बिकास बारे चिन्तित रौनियार प्रती ब्यापारीहरुको आशा रहेको स्थानीय ब्यापारी होटेल ब्यावसायिहरु एसिपी समाचारलाई बताएका छन । मङ्लवार एसिपी न्युज नेपालका विभिन्न स्थानमा रिपोर्टिङ गर्ने क्रममा ललित रौनियार प्यानल माथि नै अनुभवका अधारमा भरोसा गर्ने बताएका हुन । हिजो ककसको कार्यक्रममा चुन्ना अनुपस्थित भये पछि स्थानीय ब्यापारी फेसबुक सन्जालमा बोल्न न सक्ने उम्मेदवार चुन्ना सङ के आशा राख्नु भन्न चर्चा शुरु हुन थालेको छ । यसै बिच साझा प्रजातान्त्रिक समुहलाइ जिताउन महिलाहरु प्रचारप्रसारका क्रममा मतदाताहरुलाई उद्योग घर दैलो तिब्र पारेका हुन । ब्यापारीहरुले बाणिज्य संघको खस्कदो साँख, व्यवसायिक मुद्दामा देखिएको विचलनबारे चासो र चिन्ता राखेका छन ।
त्यसक्रममा ललित कुमार रौनियार नेतृत्वका उम्मेदवारहरु बिजयी भएमा संघको गरिमा उचो राख्न र व्यवसायिक सुरक्षा र हकहितका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले दृढताका साथ काम गर्ने विश्वास महिला ब्यबसायीहरुले मतदाताहरुलाई ब्यक्त गरेका छन् ।
समूहकोे तर्फबाट अध्यक्ष पदमा ललित रौनियार सहित उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेत उम्मेदवार रहनुभएको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको सदस्य पदका उम्मेदवारहरुमा अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ, सुरेन्द्र सिंह सरदार रहेका छन् ।