१० कार्तिक २०८१, शनिबार

भारतमा बनेको रेल सेट चेन्नइबाट नेपाल आउदै – गुडने भयो जानकी रेल

एसीपी संवाददाता

३ माघ २०७६, शुक्रबार ०४:१८ मा प्रकाशित

माघ २ गते / समाचार एजेन्सी भारतीय कम्पनी कोंकर्ण रेलवे कर्पोरेसनले एक सेट ट्रेन चेन्नेइस्थित आफ्नो सवारी डिब्बा कारखानाबाट बुधवार जनकपुर पठाएको हो। पेन्टिङको काम पूरा भएसँगै नेपालका लागि रेल सेट पठाएको कम्पनीले जनाएको छ। चेन्नइबाट विभिन्न रुटमार्फत जनकपुरसम्मै रेलवे ट्रयाक जोडिएकाले गुडाएरै ल्याउन लागिएको हो।

चेन्नइबाट विजयवाडा, इटारसी, इलाहावाद र पटना भएर विहारको जयनगर हुँदै रेल जनकपुर आइपुग्नेछ। रेल सेवा सञ्चालन भइरहेका रुटहरूमा ट्रयाक खाली रहने समय पारेर ल्याउनुपर्ने भएकाले नेपाली जनकपुरसम्म आइपुग्न १५ दिन लाग्ने रेल विभागका अधिकारीहरूले बताएका छन्।

नेपाली झण्डाको रंग लगाएको ‘जानकी’को इञ्जिन र डिब्बा आइपग्ने तय भएपछि यता रेल विभागमा रेल सेवा नियमित सञ्चालनको तयारी भइरहेको छ।

‘ट्रेन सेट आइपुगेपछि नियमित सञ्चालनका लागि हामी आवश्यक व्यवस्थापन गरिरहेका छौं’, विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘ट्रेन सेट आइपुगे पनि केही अत्यावश्यक तयारीमा टाइम लाग्ने स्थिति छ। सम्भवतः फ्रेबुअरी दोस्रो सातासम्म लाग्न सक्छ।’ 

त्यसपछि जनकपुर-जयनगर नेपाली रेल यातायात नियमित सञ्चालन हुने उनले बताए।

‘हामी यो अवस्था आउँछ भनेर पहिले नै तयारीमा लागेका हौं। पहिलेका मन्त्रीले फाइल नै अड्काइदिए’, उनले भने, ‘हामी अहिले रातदिन व्यवस्थापनका लागि काम गरिरहेका छौं।’

विभागका अनुसार अहिले रेल सञ्चालनका लागि कर्मचारी नियुक्ति प्रक्रिया फास्ट ट्रयाक गर्न लागिएको छ। रेलवे कम्पनी ब्युँताएर रेल सेवा सञ्चालन गर्न लागिएको हो। करिब २ सयजना कर्मचारी आवश्यक पर्ने रेल विभागले जनाएको छ। मन्त्रिपरिषद्बाट स्वीकृति लिएर तत्कालका लागि रेल चलाउने केही प्राविधिक भने |यो समाचार सभार गरिएको

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x