मानब बेचबिखन ,लागु पदार्थ दुर्व्यसनी तथा बालविवाह विरुद्ध अन्तर-पुस्ता सम्बाद कार्यक्रम सम्पन्न
मधुवन नगरपालिका । बर्दियामा मानब बेचबिखन ,लागु पदार्थ दुर्व्यसनी तथा बालविवाह विरुद्ध अन्तर-पुस्ता सम्बाद
बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमासंचालित सुरक्षा परियोजना अन्तर्गत मानब बेचबिखन ,लागु पदार्थ दुर्व्यसनी तथा बालविवाह विरुद्ध अन्तर-पुस्ता सम्बाद कार्यक्रम मधुवन नगरपालिका–७ को वडा कार्यालयमा सम्पन्न गरेको छ । कार्यक्रम वडा अध्यक्ष राजेन्द्र हमालको अध्यक्षतामा सम्पन्न भयको थियो भने कार्यक्रममा वडा सदस्यहरू, सशस्त्र प्रहरीका निरीक्षक, नेपाल प्रहरीका सह–निरीक्षक, विद्यालयका शिक्षक, वडा सचिव तथा कर्मचारी, सामुदायिक अगुवा, बडघर, बाल क्लबका सदस्यहरू, युवा दूत तथा स्थानीय युवाहरूको सक्रिय सहभागिताले रहेको थियो ।
यस अन्तरक्रियाले समुदायमा जागरूकता अभिवृद्धि गर्ने, सहकार्य मजबुत बनाउन तथा बालबालिकाको सुरक्षित भविष्यका लागि सामूहिक कदम चाल्न प्रेरणादायी भूमिका खेलेको कुरा सम्बादमा सहभागीहरुले बतायका छन् , साथै “एकता र प्रतिबद्धतासहित हामी सबै मिलेर बाल तस्करी जस्तो गम्भीर समस्याको अन्त्य गर्न सक्छौं एकजुट हुनुपर्ने मा जोड दियका थिय
कार्यक्रमको समापन सत्रमा बोल्दै वडा अध्यक्ष राजेन्द्र हमालले बाल बिवाह ,मानब बेचबिखनको जड लागु पदार्थ दुर्व्यसनी बयाकाले यसलाई नियन्त्रण गर्न ,स्थानीय तह ,संघ सस्था ,प्रहरी ,समुदायका आगुवा सबै क्रियासिल भयर लाग्नु पर्ने बताय,मानब बेचबिखन को जालो निकै चुनौती पुर्ण भयकाले यसलाई नियन्त्रण गर्न सबैको भूमिका भयकाले यसका विरुद्ध लाग्न सबैलाई आग्रह गरेका छन्
कार्यक्रमलाई मधुवन नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इन्द्रा चुनारा र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिकले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन फिल्ड सुपरभाइजर साबित्रा भाटले गर्नुभएको थियो।


