२४ कार्तिक २०८२, आईतवार
राजावादी अधिवक्ता स्वागत नेपाल विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी
राजावादी अधिवक्ता स्वागत नेपाल विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ। साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार उजुरी सामान्य प्रकृतिको हो र सोधपुछका लागि ब्युरोले उनलाई फोन गरेको हो।
नेपालले भने आफूलाई सोमबार बेलुका साइबर ब्युरोबाट फोन आएको पुष्टि गरेका छन्। उनले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाएको कारण आफूलाई पक्राउ गर्न खोजिएको दाबी गरेका छन्।
भिडियो वक्तव्यमार्फत उनले भनेका छन्, “यदि पक्राउ गर्नै हो भने पुर्जी दिनुपर्छ, तर अहिले अदालत बन्द छ।” उनले थपे, “तिहार छ, भाइटीका लगाउन दिनुहुन्छ भने लगाउँछु, जरुरी भए तिहारपछि आइहाल्छु।”
नेपालले यो घटनालाई अभिव्यक्ति स्वतन्त्रतामाथिको दबाबको रूपमा व्याख्या गर्दै आफू कानुनी रूपमा लड्न तयार रहेको बताएका छन्।
Subscribe
Login
0 Comments



