१० कार्तिक २०८१, शनिबार

राष्ट्रियसभा निर्वाचनका लागि सोमबार बाट आचार संहिता लागू

एसीपी संवाददाता

२८ पुष २०७६, सोमबार १६:१२ मा प्रकाशित

२८ पुस, बाँके । हालै माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आइतबार बाट आचारसंहिता लागू गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ।

आइतबार देखी आचार संहिता लागू भएको र निर्वाचनका लागि आजै बाट सरकारका प्रतिनिधिहरु चुनावको प्रचारमा सहभागी हुन नपाउने भएको आयोगले जनाएको छ ।

आयोग अनुसार सरकार, मन्त्री, प्रदेश सरकार, स्थानीय तह, सरकारी र सार्वजनिक संस्थाका कर्मचारी, निर्वाचनमा संलग्न कर्मचारी,विश्वविद्यालयका शिक्षक, सरकारी तथा सञ्चार माध्यम, गैर सरकारी संस्था, सरकारी अनुदानमा सञ्चालित विद्यालय समेतलाई आचारसंहिता लागू हुने रहेको जानकारी दिएको छ ।

निर्वाचनमा सरकार, सेना, प्रहरी, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, पर्यवेक्षक लगायतलाई निर्वाचनमा स्वच्छता, निष्यपक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न आचार संहिता लागू भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x