शुक्रबार ६५ औ प्रहरी दिवस
शुक्रबार दिवंगत अमर प्रहरी र उनका परिवारलाई सम्झदै सम्मान अर्पण गर्दै ६५ औ प्रहरी दिवस मनाएको छ ।
“अपेक्षा फलको छैन, सधै कर्तव्य चिन्तन, आहुति प्राणको दिने, तिमिमा अभिनन्दन” मुल नारामका साथ ६५ औ प्रहरी दिवस बाँकेमा पनि मनाइएको छ ।
दिंवगत अमर प्रहरीको सम्झनामा जिल्ला प्रहरी कार्यालय बाँकेमा निर्माण गरिएको सहिद स्मारकको उद्घघाटन समेत गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वाङले अमर प्रहरीको योगदान बिर्सन नसकिने बताउनुभयो । उहाँले प्रहरीको दिनरातको सुरक्षाले आम सर्वसाधारण चयनसंग बस्न पाईरहेको धारणा राख्नुभयो ।
पूर्व स्वास्थ्य मन्त्री थापाले भने “हाम्रो प्रधानमन्त्रीमा” मन र मुटु छैन
आतंकबादी हमला हुदाँ ७ सैनिक सहित १४ जनाको मृत्यू
त्यस्तै बाँके प्रहरी प्रमुख ओम बहादुर राणाले सर्वसाधारणको सहयोग र समन्वयका कारण प्रहरीको काममा सफलता मिलिरहेको बताउनुभयो । साथै उहाँले अमर प्रहरीको योगदान उच्च रहेको बताउनुभयो । दिवसका अवसरमा अमर प्रहरीको परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो ।यसै बीच
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनुपर्ने बताउनु भएको छ ।
नेपाल प्रहरीको ६५ औं स्थापना दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्याक्रममा प्रधानमन्त्री ओलीले सुरक्षा व्यवस्था सुदृढ भएमा कानुनी शासन, मानवअधिकारको संरक्षण र विकासका आधारहरु निर्माण गर्न सकिने बताउनु भयो ।





[…] शुक्रबार ६५ औ प्रहरी दिवस […]