१२ असार २०८३, शुक्रबार

चीनले भूमि अतिक्रमण गरेको विषयमा सरकारी मौनता राष्ट्रघात भएको दावी

एसीपी संवाददाता

२८ आश्विन २०७७, बुधबार १४:०१ मा प्रकाशित

फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा छिमेकी देश चीनले नेपाली भूमि अतिक्रमण गरेको जिकिर गर्दै यस विषयमा सरकारी मौनता राष्ट्रघात भएको दावी गरेको छ ।

हुम्लामा हाम्रो भुमि मिचेको हो भन्ने म सँग प्रमाण छ-शाही

नेपाली भुमि फिर्ता गर,हिन्दू संस्कृति माथी हस्तक्षेप बन्द गर भन्दै बिरोध प्रदर्शन

कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीसहितको टोलीले हुम्लाको लिमीमा २ किलोमिटरसम्म सीमा अतिक्रमण भएको फेला पारेको भन्दै कांग्रेसले सरकारको मौनता दुखद, लज्जास्पद र आपत्तिजनक भएको बताएको छ ।

सिमास्तम्भ रङ्ग्याउँदै चीन

प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरी चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको विषय भएको बताएका छन् । ‘झनै आपत्ति, आश्चर्य र निन्दनीय विषय त नेपाल सरकारले गर्न खोजेको ढाकछोप र मौनता साथको राष्ट्रघात छ’ शर्माले भनेका छन् ।

कांग्रेसले सीमा अतिक्रमणको विषयमा तत्काल धारणा सार्वजनिक गर्न, राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकारसमक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कुटनैतिक संवाद मार्फत हल खोज्ने प्रक्रिया अविलम्ब शुरु गर्न माग गरेको छ ।

सिमा मिचेकै हो भन्ने निश्कर्षमा, हुम्लाबाट निर्वाचित सांसद शाही

दुई किलोमिटर भूमि अतिक्रमण हुँदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रमुख जिल्ला अधिकारीलाई २४ घण्टे स्पष्टीकरण काट्नु, प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छँदै ‘सिमा मिचिएको छैन’ भनी परराष्ट्र मन्त्रालय बोल्नु र सो टोली सीमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु लज्जास्पद र आपत्तिजनक विषय भएको कांग्रेसले बताएको छ ।अनलाइनखबरबाट

सिमामिचेको हो व होईन सत्यतथ्य सार्वजनिक गर्न सतारुढ दलकै नेता रावलको माँग

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
2
0
Would love your thoughts, please comment.x
()
x