१५ जेष्ठ २०८१, मंगलवार

संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गर्दै देशभर बाट विरोध पत्र

एसीपी संवाददाता

५ माघ २०७६, आईतवार १०:५४ मा प्रकाशित

माघ ५ गते नेपालगन्ज बाके – अरमान खान । विपक्षी दल नेपाली कांग्रेसले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गर्दै देशभर बाट विरोध पत्र पठाएको छ ।

केन्द्रिय कार्यक्रम अन्तर्गत आज नेपाली काङ्रेश बाकेले जिल्ला प्रशासन कार्यालय बाके मार्फत प्रधानमन्त्रीलाई बिरोध पत्र पठाएको बाके काग्रेश सभापति किरण कोइरालाले बताउनु भयो । पार्टी कार्यालय बाट शुरु भएको बिरोध र्याली जिल्ला प्रशासनमा पुगि कोण सभा परिणत भयो । बिरोध कार्यक्रममा बाके नेपाली काग्रेशका सचिब तप्त पौडेल सहित जिल्लाका नेता तथा विभिन्न भातृ संगठनका कार्यकताहरु सहभागी रहेका थिए । बिरोध कार्यक्रममा पुर्ब सभासद द्वय बादसाह कुर्मी , अब्दुल हमिद सिद्दिकी भोला समेत सहभागी भएका थिए ।यसै बिच विभिन्न जिल्लामा कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएका हुन् । कांग्रेस नेता कार्यकर्ता जुलुस सहित जिल्ला प्रशासन कार्यालय पुगेका हुन ।

ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेसका नेताहरुले लोततन्त्रलाई समाप्त पार्ने, जनअधिकार र स्वतन्त्रमा बन्देज हुने किसिमले आएको विधेयकहरुको विरोधमा ज्ञापन बुझाइएको बताए ।

कांग्रेसले सरकारको उक्त कदमलाई गम्भीर रुपमा लिएको र विधेयक नसच्याए आन्दोलनका अन्य कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिए ।

सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याए ५ वर्षसम्म जेल वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुन सक्नेसम्म व्यवस्था छ । संसदीय समितिले पनि यही प्रावधानसहित विधेयक पास गरेर संसदमा पठाएको छ ।

विशेष सेवा विधेयक भने संसदमा दर्ता मात्र भएको छ, जसमा अदालतको अनुमति नलिइ फोन ट्यापिङ गर्नसक्ने लगायतका विवादास्पद प्रावधानसमेत छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x