१७ मंसिर २०८०, आईतवार
सन्दीपले पहिलो खेलमा लिए विकेट

४ पुस, काठमाडौं । बिग ब्यास लिगको सिजनको पहिलो खेलमा सन्दीप लामिछानले विकेट लिएका छन् ।
मेलबन स्टार्सले ब्रिसबेन हर्टसँग खेल्दा सन्दीपले एक विकेट लिएका हुन् । चार ओभर बलिङ गरेका उनले ३८ रन खर्चिए ।
उनी आफ्नो पहिलो ओभरमा महंगो सावित भएका थिए । मेलबर्नको दोस्रो ओभरमा आएका उनको बलमा तीन चौका र एक छक्कासहित १९ रन बनेको थियो । तर आफ्नो चौथो ओभरमा बेन कटिङको विकेट लिन सफल भए ।
Subscribe
Login
0 Comments