१५ आश्विन २०८३, बिहीबार

सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि भारत सरकारद्धारा ५० मिलियन अमेरिकी डलर अनुदान

एसीपी संवाददाता

२९ माघ २०७७, बिहीबार १८:२७ मा प्रकाशित

काठमाडौं, २९ माघ । सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र सबलीकरण, बुढानीलकण्ठमा धर्मशालाको निर्माण तथा कुमारी छेँ र कुमारी निवासको संरक्षण र विकास हेतु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक तथा ठेकेदारहरुले तीनवटा ठेक्का सम्झौंतामा हस्ताक्षर गरेका छन् ।

भारतीय राजदूतावासको विकास साझेदारी एवम् पुनर्निर्माण विभागका प्रमुख, परियोजना परामर्शदाता INTACH, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अधिकारी तथा अन्य साझेदारहरुको उपस्थितिमा सो हस्ताक्षर सम्पन्न भएको हो ।

ललितपुरका मेयर, बुढानीलकण्ठ मन्दिरका मठाधीश, काठमाडौें वडा नम्बर न. २५ का वडा अध्यक्ष, परियोजना क्षेत्रका उपभोक्ता समितिका प्रतिनिधिहरूले पनि सम्झौता हस्ताक्षर समारोहमा उपस्थिति जनाएका थिए ।

भूकम्पपछिको संरक्षण तथा पुनस्र्थापनाका लागि भारत सरकारले नेपाल सरकारसँग गरेको सम्झौता अनुरुप निर्माण भइरहेका सांस्कृतिक सम्पदा भित्रकै यी तीन परियोजनाहरु हुन् ।

नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि भारत सरकारले प्रतिबद्घता गरेको ५० मिलियन अमेरिकी डलर अनुदान रकम प्रयोग गरी यी परियोजनाहरु कार्यान्वयन अवस्थामा छन्।

सेतो मच्छिन्द्रनाथ मन्दिर एक महत्वपूर्ण जीवित सम्पदा हो जुन काठमाडौंको जनबहालमा अवस्थित छ । काठमाडौं उपत्यकालाई रक्षा गर्ने प्रमुख मन्दिरहरुमध्येकै एक उक्त सेतो मच्छिन्द्रनाथ मन्दिरलाई हिन्दु र बौद्घ दुवै धर्मावलम्बीहरुले पूजा आराधना गर्दछन् ।

करिब नेरु. ६२.६ करोडको लागतमा मन्दिरको जीर्णोद्वार र सबलीकरण गरिनेछ । रत्नाकर महाविहार भित्र अवस्थित कुमारी छेँ पाटनकी जीवित देवीको ऐतिहासिक घर हो । कुमारी छेँ नेवार बौद्व समुदायको संस्कृति र परम्पराको केन्द्र हो र जीवित देवीसँग सम्बन्धित रितिरिवाजहरुमा कुमारी निवासको महत्वपूर्ण सम्बन्ध छ ।

कुमारी छेँ र कुमारी निवासको संरक्षण एवम् विकासका लागि करिब नेरु. ४५.६ करोड लाग्नेछ । दुई जीवित सांस्कृतिक सम्पदाको गौरवगाथा एवम् परम्पराको जर्गेना गर्दै सेतो मच्छिन्द्रनाथ मन्दिर, कुमारी छेँ र कुमारी निवासको संरक्षण नेपालको प्राचीन स्मारक संरक्षण ऐन अनुसार संरक्षण गरिनेछ ।

बाँकेका सिडिओ कुरुम्वाङ र श्रेष्ठ प्रधानसेनापति प्रशंसा निशान तथा प्रशस्ती पदकबाट सम्मानित हुने

भागिरथी भट्टको न्यायका लागी गरीएको आन्दोलनमा नेविसंघ बैतडीको एकबद्वता

यी परियोजनाहरुको निर्माण तथा संरक्षण एवम् सबलीकरण कार्य निरीक्षणका लागि Indian National Trust for Art and Cultural Heritage (INTACH) लाई परियोजना व्यवस्थापन परामर्शदाताको रुपमा चयन गरिएको छ । यी परियोजनाहरुको निर्माणमा INTACH ले नेपाल सरकारका अधिकारीहरुसँग मिलेर काम गर्नेछ ।

स्थानीय रुपमा नारायणथानको नामले परिचित बुढानीलकण्ठ मन्दिर भित्रकै परिसरमा धर्मशाला अवस्थित छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) यस परियोजनाको कार्यान्वयन निकाय हो ।

करिब नेरु. ३३.४ करोडको लागतमा सो धर्मशालाको निर्माण गरिनेछ । उक्त पवित्र मन्दिरमा पाल्नुहुने पर्यटक तथा तीर्थयात्रीका लागि सो धर्मशालाले सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । यसअघि सन् २०१९ नोभेम्बरमा भारतले यस बुढानीलकण्ठ मन्दिरका लागि करिब नेरु. २.१८ करोडमा मठाधीशको निर्माण गरेको थियो । यो समाचार मधेशवाणीबाट लिएका छौं ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x