२ श्रावण २०८३, शनिबार

सोमवार ३७ जना कोरोनामुक्त भई डिस्चार्ज

एसीपी संवाददाता

१० कार्तिक २०७७, सोमबार ०३:१० मा प्रकाशित

बाँकेमा सोमवार ३७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २२ पुरुष र १५ महिला कोरोनामुक्त भई दशैंका दिन डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय २२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

बाँकेमा विरामी निको हुने दर ८७ दशमलव ६९ प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका ३ सय ३८ र अन्य जिल्लाका १८ गरी ३ सय ५६ जना छन् । बाँकेमा हालसम्म २ हजार ९ सय ९० जनामा कोरोना पुष्टि भएको छ भने ३० जनाको मृत्युु भइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x