बाँकेमा दोश्रो लटका गरी डिस्चार्जको रिकार्ड
बाँकेका विभिन्न आइसोलेसनबाट आईतवार पहिलो लटमा आइतबार एकै दिन १ सय ५७ जना संक्रमित डिष्चार्ज एकैदिन १ सय ५७ संक्रमित निको भई डिस्चार्ज भएका थिए भने दोश्रो लटमा पनि ठुलो संख्या ७१ जना गरी २२८ जना आइतबार डिस्चार्ज भएका हुन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आइतबार बाँकेका ७९ महिला र १५८ पुरुष गरी २२८ जना संक्रमित रिकार्ड कोरोना मुक्त भई डिस्चार्ज भएका छन ।
यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ५ सय ८५ पुगेको छ । विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १८ सहित ३ सय ७५ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ९ सय ९० रहेको छ भने ३० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।
नेपालमा आइतबार २ हजार ८ सय ५६ जनामा कोरोना पुष्टि
फोकल पर्सन श्रेष्ठका अनुसार १० दिन आइसोलेसनमा बसाई पूरा गरेका संक्रमितहरुमा पछिल्लो तीन दिनमा चिन्ह लक्षण नदेखिएमा त्यस्ता व्यक्तिहरुलाई १० दिनमै डिस्चार्ज गर्ने र उनिहरू ७ दिन होम आइसोलेसनमा अनिवार्य बस्नु पर्ने भन्ने स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार बाँकेमा पनि सोही अनुसार गरिएको हो ।





