१ श्रावण २०८३, शुक्रबार

स्थायी राजधानी सार्ने बिवाद,कांग्रेसको बन्द बन्दका कारण जनजीवन प्रभावित

एसीपी संवाददाता

१८ आश्विन २०७७, आईतवार १२:१६ मा प्रकाशित

प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा रुपन्देहीमा कांग्रेसले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ ।

कांग्रेस रुपन्देहीले आह्वान गरेको बन्दसँगै बुटवलका संघसंस्थाहरुको आह्वानमा आइतबार विरोध प्रदर्शन समेत भएको छ । कांग्रेस कार्यकर्ताहरुले चोकचोकमा बसेर प्रस्तावको विरुद्धमा नाराबाजी गरिरहेका छन् भने टायर बालेर प्रदर्शन गरेका थिए ।

रुपन्देहीका संघसंस्थाहरुको संयुक्त सञ्जालले पनि बुटवलमा प्रदर्शन गरेको छ । बुटवल राजमार्ग चौराहाबाट सुरु भएको विरोध ¥याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा सहभागीहरुले प्रदेश सरकारले रुपन्देहीबासीको भावनामाथि खेलवाड गर्दै असहज परिस्थितिमा राजधानी सार्ने प्रस्ताव ल्याएर गलत गरेको बताएका थिए ।

उनीहरुले दाङलाई राजधानी बनाउन त्यस क्षेत्रका नेताहरु खुलेर लाग्दा रुपन्देहीलाई राजधानी बनाउनका लागि यस क्षेत्रका सांसद खुल्न नसकेकोमा आपत्ति जनाएका थिए ।

बुटवलमा निषेधाज्ञाका बिच पनि प्रदर्शन जारी

बुटवलमा निषेधाज्ञाका बिच पनि प्रदर्शन जारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x