६ श्रावण २०८३, बुधबार

हमासले हत्या गरेको जोशीको शव नेपाल ल्याईदै

एसीपी संवाददाता

३ कार्तिक २०८२, आईतवार १२:३३ मा प्रकाशित

विपिन जोशीको पार्थिव शरीर स्वागत गर्न प्रधानमन्त्रीसहित उच्चस्तरीय उपस्थितिको तयारी

२ कात्तिक, काठमाडौं। इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीर भोलि सोमबार काठमाडौं ल्याइँदै छ। उनको आगमनका क्रममा सरकारले उच्चस्तरीय श्रद्धाञ्जली कार्यक्रमको तयारी गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै उपस्थित भएर विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको परराष्ट्र स्रोतले जनाएको छ।

जोशीको शव फ्लाई दुबईको विमानमार्फत दिउँसो काठमाडौं ल्याइनेछ।

सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि बन्धक बनाइएका विपिनको मृत्यु गत असोज २७ गते इजरायली अधिकारीहरूले पुष्टि गरेका थिए। युद्धविरामपछि बन्दी साटासाट प्रक्रियामा हमासले उनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। डीएनए परीक्षणबाट शव विपिनकै भएको प्रमाणित भएको थियो।

सरकारले विपिन जोशीको सम्झनामा राष्ट्रिय स्तरमा सम्मानजनक श्रद्धाञ्जली कार्यक्रम गर्ने तयारी गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x