२ श्रावण २०८३, शनिबार

होल्डिङ सेन्टरले सुक्दै नेपालगन्जको होटल ब्यवसाय

एसीपी संवाददाता

५ कार्तिक २०७७, बुधबार १०:४२ मा प्रकाशित

रुकुम चौरजहारीका ५५ बर्षिय आइते बटाला ४ कात्तिकको दिउँसो ३ बजे भारतबाट नेपालगन्ज आइपुगे । भारतको सिम्लाबाट फर्किदै गरेका आइतेलाई नेपालगन्ज नाकामा खटिएका प्रहरीले एकछिन केरकार पारे । नेपाली नागरिकता देखाएपछि उनलाई रिक्सामा बसालेर नेपालगन्ज भन्सार कार्यालय परिसरमा रहेको होल्डिङ सेन्टरमामा लगियो । एक घण्टा नबित्दै उनी होल्डिङ सेन्टरबाट बाहिरिए । उनी जस्तै भारतबाट आएका यात्रुहरु एकछिनका लागि होल्डिङ सेन्टरमा जान्छन् र गाडीवालाले उनीहरुलाई छिनभरमै गाडीमा हालेर लैजान्छन् ।
होल्डिङ सेन्टरमा गएकाहरुको नाम र ठेगाना त्यहाँ रहेका सुरक्षाकर्मीले टिप्छन् र सम्बन्धित ठाउँमा जाने गाडी देखाई दिन्छन् मात्र । भारतबाट आएका यात्रुको नाम र ठेगाना टिपोट गरेर उनीहरु जाने ठाउँको स्थानीय तहलाई जानकारी गराई दिने गरेको त्यहाँ खटिएका एक सुरक्षाकर्मीले बताए । ‘यहाँ आएका यात्रुको नाम र ठेगाना टिपोट गरेर सम्बन्धित जिल्लाका स्थानीय तहलाई जानकारी गराउने निर्देशन अनुसार हामीले त्यसै गरिरहेका छौँ,’ ति सुरक्षाकर्मीले भने ।


होल्डिङ सेन्टरले सुक्दै नेपालगन्जको होटल ब्यवसाय
नेपालगन्जमा बढि भीडभाड नहोवस भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, बाँकेले भारतबाट आएकालाई होल्डिङ सेन्टरमा राखेर सिधै सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । उनले भारतबाट आएकालाई जथाभावी हिड्डुल गर्न दिए नेपालगन्जमा भीडभाड हुने र त्यसले कोरोना संक्रमण बढ्न सक्ने भएकोले होल्डिङ सेन्टरमा राखेर सिधै सम्बन्धित जिल्लामा पठाउने निष्कर्षमा पुगेको उनको भनाई छ ।
यसअघि होल्डिङ सेन्टरमा राखेर क्वारेन्टाइनमा पठाउने गरिएको थियो । बाँके र बर्दिया जाने यात्रु भने सिधै गन्तब्यमा जाने गरेका छन् । ‘यात्रुहरु अलपत्र नपरुन, गाडी खोज्ने र रात बस्न समस्या नहोवस् भन्ने होल्डिङ सेन्टरको अर्को उद्देश्य हो,’ प्रजिअ कुरुम्बाङले भने ।

मुख्यमन्त्री शाही आफै भन्छन् चीनद्वारा सीमा मिचिएको छ छानविन गरौं


तर, भारतबाट आएकालाई होल्डिङ सेन्टरमा राखेर सिधै सम्बन्धित जिल्लामा पठाउँदा नेपालगन्जका होटल ब्यवसायमा असर परेको होटल ब्यवसायी संघ नेपालगन्ज, बाँकेका बरिष्ठ उपाध्यक्ष रामबहादुर लिम्बुले बताए । उनले नेपालगन्जमा भीड्भाड हुन सक्ने भन्दै स्थानीय प्रशासनले गरेको ब्यवस्थाले नेपालगन्जका होटल ब्यवसायी मारमा परेको जिकिर गरे ।
उनले प्रशासनले गरेको ब्यवस्था नियम संगत नभएको भन्दै नेपालगन्जका होटल ब्यवसायीले होल्डिङ सेन्टर तत्काल हटाउन माग गरेका छन् । होल्डिङ सेन्टरको औचित्य नभएको भन्दै उनीहरुले होल्डिङ सेन्टरले फाइदा भन्दा धेरै बेफाइदा गरेको बताएका छन् । ‘होल्डिङ सेन्टरमा लगेकालाई क्वारेन्टाइनमा नराख्ने हो भने यसको औचित्य छैन । यसले नेपालगन्जको होटल ब्यवसायमा प्रत्यक्ष मार परेको छ । प्रशासनले समयमा ध्यान नपुर्याए नेपालगन्जको होटल ब्यवसायी सडकमा आउने छन्,’ संघका बरिष्ठ उपाध्यक्ष लिम्बुले भने ।


बाहिर जान नपाउँदा विभिन्न थरिका समस्या झेल्दै यात्रु
होल्डिङ सेन्टरमा बसेकाहरु बाहिर आउन नपाउने भएपछि कतिपय यात्रु समस्यामा पर्ने गरेका छन् । यातायातका साधन नपाएपछि उनीहरु होल्डिङ सेन्टरमा रहेको प्रतिक्षालयमा बस्न बाध्य हुने गरेका छन् । त्रिपालमुनी भएको बेडमा ति यात्रु रात बिताउन बाध्य भएको रुकुमका वीरबहादुर बुढाले बताए ।
उनले होटलसम्म जान नपाउँदा रातभर होल्डिङ सेन्टरमा बस्न परेको गुनासो गरे । ‘नाकाबाट सिधै होल्डिङ सेन्टरमा ल्याएर राखे । त्यसपछि यताउता जान नदिएर रातभर यहिँ राखे । चिसोले राम्रोसँग सुत्न सकिएन,’ उनले भने, ‘होटलमा जान पाएको भए आनन्दले बस्न, सुत्न र खान पाइन्थ्यो होला ।’
उनले पनि होल्डिङ सेन्टरको औचित्य नभएको बताए । ‘क्वारेन्टाइनमा पठाउने भए होल्डिङ सेन्टरमा राखेको औचित्य हुने थियो । सिधै सम्बन्धित जिल्लामा पठाउने हो भने नेपालगन्ज बसपार्कसम्म जान दिए हुन्थ्यो । होल्डिङ सेन्टरमा राखेर दुख दिने काम सिवाय केहि भएको छैन,’ उनले भने ।गोचालीखबरबाट तस्बिर सहित

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x