१२ असार २०८३, शुक्रबार

मुख्यमन्त्री शाही आफै भन्छन् चीनद्वारा सीमा मिचिएको छ छानविन गरौं

एसीपी संवाददाता

४ कार्तिक २०७७, मंगलवार १०:४९ मा प्रकाशित

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हुम्लामा चीनद्वारा सीमा मिचिएको विषयमा छानविन गर्न माग गरेका छन् । भूमि मिचिएको कुरा फोटोसहित आइरहेको भन्दै तत्काल छानविन गरेर मिचिएको भए भूमि फिर्ता गराउन केपी ओली नेतृत्वको संघीय सरकारसँग माग गरेका हुन् । 

पत्रकार ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रममा मुख्यमन्त्री शाहीले चीनसँग सम्वाद गरेर मिचिएको भूमि फिर्ता ल्याउनुपर्ने बताए ।
 
उनले भने, ‘त्यहाँबाट निर्वाचित प्रदेश सांसद जीवन बहादुर शाहीले धेरै ठाउँमा ईन्टरभ्यु दिएको कुरा मैले सुनेको छु । उहाँ आँफै पनि त्यहाँ गएर भिजिट गरेर आएको फोटो मैले देखेको छु । यसका बारेमा बोल्ने वा नबोल्ने भन्दापनि नेपालको भूमि अतिक्रमण हुन दिनुहुँदैन् । नेपालको एक ईन्च भूमि पनि अतिक्रमण हुन दिनुहुँदैन् । यसमा हाम्रो भूमि कहीँ कतै दायाँ बायाँ भएको छ भने हाम्रो भूमि फिर्ता गर्न हामी लाग्नुपर्छ । कुनै राष्ट्रले हाम्रो भूमि अतिक्रमण गर्छ भने हामी कसैलाई पनि यो स्वीकार्य हुँदैन् । आफ्नो भूमि रक्षाको लागि हामीले आवश्यक पहलकदमी चाल्छौं ।’

अन्तर्राष्ट्रिय सिमाको कार्यक्षेत्र संघीय सरकारको भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले भने,‘संघीय सरकराले यसको बारेमा अध्ययन गर्नुपर्छ । अतिक्रमण भएको छ भने दुई पक्षबीच ९चीन० सँग सम्वाद अघि बढाउनुपर्छ । नेपाली भूमि फिर्ता ल्याउनुपर्छ ।’ 

हुम्लाका सत्तारुढ जनप्रतिनिधि र प्रशासन तथा केन्द्र सरकारले भूमि मिचिएकै छैन, चीनकै भूमि हो भनिरहेका बेला मुख्यमन्त्री शाहीले भने भूमि मिचिएको संकेत गरेका छन् । साथै फिर्ता ल्याउनका लागि केन्द्र सरकारको ध्यानाकर्षण गराएका हुन् । साभार / नेपालपानाबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] मुख्यमन्त्री शाही आफै भन्छन् चीनद्वा… […]

trackback

[…] मुख्यमन्त्री शाही आफै भन्छन् चीनद्वा… […]

2
0
Would love your thoughts, please comment.x
()
x