२९ माघ २०८२, बुधबार

‘१० वर्षदेखि एउटै नेताहरूले देश चलाउँदा समस्या झन् बढ्यो – थापा’

एसीपी संवाददाता

२७ आश्विन २०८२, सोमबार ०८:५० मा प्रकाशित

‘१० वर्षदेखि एउटै नेताहरूले देश चलाउँदा समस्या झन् बढ्यो’ तीन दलका पुराना नेतालाई बिदाइ गरेर नयाँ संवाद सुरु गरौँ— गगन थापा

आइतबार सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै थापाले भने, “पछिल्ला दस वर्षदेखि प्रधानमन्त्रीको कुर्सी यी तीन नेताबीच घुमिरहेको छ, यही देशको राजनीतिक समस्याको मूल कारण हो।” उनले जनताले अब नयाँ सोच र नयाँ पुस्ताको नेतृत्व चाहेको स्पष्ट सन्देश दिएको बताए।

थापाले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले नेतृत्वबाट अलगिएर नयाँ संवाद र सहकार्यको वातावरण बनाउनुपर्ने सुझाव पनि दिए। “अझै पनि तपाईंहरू चेत्नुहुन्न? बिदाइ लिनुहुन्न? जनताले अब पुरानो नेतृत्व होइन, नयाँ पुस्ता खोजिरहेका छन्,” उनले भने।

उनले पार्टीहरूमा अधिवेशन र विशेष अधिवेशनको कुरा गरेर पुरानै नेताहरूलाई पुनः सत्तामा राख्ने अभ्यास अस्वीकार्य भएको टिप्पणी गरे। “यो समय अधिवेशनको होइन, बिदाइको हो,” थापाले भने, “पुरानो पुस्ताले अब जिम्मेवारी नयाँ पुस्तालाई सुम्पनु नै देशको हितमा हुन्छ।”

गगन थापाको यो सन्देश अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको छ। उनका भनाइहरूलाई कांग्रेसभित्रका पुस्ता परिवर्तन र नयाँ नेतृत्वको माग गर्दै आएका नेताहरूको आवाजको निरन्तरताका रूपमा हेरिएको छ। हिमाल पत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x