६ मंसिर २०८३, शनिबार

अन्सारी नेपाली पत्रकारिता क्षेत्रमा एक प्रेरणादायी नाम हो

एसीपी संवाददाता

११ आश्विन २०८२, शनिबार २२:४४ मा प्रकाशित

नेपाल प्रेस इन्स्टिच्यूट, क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगञ्जका प्रमुख तथा वरिष्ठ पत्रकार मोहम्मद आरिफ अन्सारी नेपाली पत्रकारिता क्षेत्रमा एक प्रेरणादायी नाम हुन्। सत्य, तथ्य र निष्पक्ष पत्रकारिताप्रति अटल रहँदै उनले कलमलाई समाजपरिवर्तनको साधन बनाएका छन्। मात्र पत्रकारितामा सक्रिय नभई नयाँ पुस्ताका पत्रकारहरूलाई मार्गदर्शन गर्ने गुरुका रूपमा समेत उनको भूमिका प्रशंसनीय देखिन्छ।

सामाजिक न्याय, समानता र आमजनताको आवाजलाई प्रष्ट रूपमा अभिव्यक्त गर्न अन्सारीज्यूले पुर्‍याएको योगदान विशेष महत्वका साथ स्मरणीय छ। उनको कार्यशैलीमा सरलता, विचारमा गहिराइ, र पत्रकारिताप्रतिको निष्ठा स्पष्ट झल्किन्छ। नेपाल प्रेस इन्स्टिच्यूटलाई सुदृढ बनाउन उनले दिएको नेतृत्व तथा पत्रकारितालाई व्यावसायिक, उत्तरदायी र सशक्त बनाउन गरेको पहल उल्लेखनीय छ।

उनको कर्मठता, इमानदारी र योगदानले भावी पुस्ताका पत्रकारहरू मात्र नभई सम्पूर्ण सञ्चार जगतलाई प्रेरित गरेको छ। साथै, उनी नेपाल पत्रकार महासंघका प्रदेश कार्यसमितिका सक्रिय सदस्यका रूपमा पनि जिम्मेवारीपूर्वक क्रियाशील रहँदै आएका छन्।
Via_ रातो कलम

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x