२ श्रावण २०८३, शनिबार

अमेरिका र चीनमा जारी बिवादका बिच तिब्बत स्वतन्त्र माग गर्ने निर्वासित सरकार प्रमुख व्हाइट हाउसमा

एसीपी संवाददाता

८ मंसिर २०७७, सोमबार ०५:०१ मा प्रकाशित

अमेरिका र चीन बीच जारी व्यापारिक गतिरोधका बीच तिब्बतको निर्वासित सरकारका प्रमुख डा. लोबसाङ साङ्गे ह्वाइट हाउस पुगेका छन् । तिब्बतको निर्वासित सरकारका प्रमुख डा. लोबसाङ साङ्गे र ह्वाइट हाउसका तिब्बती मामिलाका नवनियूक्त समन्वयकर्ता रोबर्ट डेस्ट्रो।

नेकपा बिवाद बढदै जांदा चिनियाँ राजदूत याङ्छी र प्रचण्डबीच भेटवार्ता


अमेरिका र चीन बीच जारी व्यापारिक गतिरोधका बीच तिब्बतको निर्वासित सरकारका प्रमुख डा. लोबसाङ साङ्गे ह्वाइट हाउस पुगेका छन्।

टाइम्स अफ इण्डियाका अनुसार शुक्रबार डा. साङ्गेले ह्वाइट हाउसका तिब्बती मामिलाका नवनियूक्त समन्वयकर्ता रोबर्ट डेस्ट्रोसँग भेट गरेका हुन्।
बितेका ६ दशकमा तिब्बतको निर्वासित सरकारका नेताको यो नै पहिलो आधिकारिक अमेरिका भ्रमण हो।
पत्रिकाले यस घटनाले पहिलेदेखि नै तनावमा रहेको चीन-अमेरिकी सम्बन्धमा अझ तनाव बढाउने उल्लेख गरेको छ।

विज्ञहरूले केन्द्रीय तिब्बती प्रशासन(सिटिए)का लागि यो एउटा ऐतिहासिक कदम भएको बताएका छन्। यसले सिटिएको प्रजान्त्रिक व्यवस्था र यसका राजनीतिक प्रमुखलाई मान्यता प्रदान गरेको उनीहरूको भनाइ छ।
सिटिएको केन्द्रीय कार्यालय भारतको हिमाञ्चलको धर्मशालामा रहेको छ।
‘हामी खुशी छौं किनकी दुई लोकतन्त्रले एकअर्कालाई मान्यता दिइरहेका छन्। सिटिए र यसका नेताको ह्वाइट हाउसमा स्वागत हुनु एउटा राम्रो सुरूवात हो। आशा छ, आउँदा वर्षहरूमा अमेरिकी अधिकारीसँग सिटिएको सहकार्यता सकारात्मक भइरहेनछ’, सिटिएका प्रवक्ताले भने।
चीनले तिब्बतलाई आफ्नो महत्वपूर्ण भूभागका रूपमा हेर्दै आएको छ भने भारतसहितका पश्चिमा राष्ट्रले तिब्बतको स्वतन्त्रताको वकालत गर्दै आएको छ । सेतीपाटि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x