२३ श्रावण २०८३, शनिबार

अवैधरुपमा चीनबाट ल्याइएको ठूलो परिमाणको मदिरा बरामद

एसीपी संवाददाता

१३ माघ २०७७, मंगलवार ०३:२९ मा प्रकाशित

सुर्खेत । चीनबाट अवैधरुपमा भित्र्याइएका मदिरा हुम्ला प्रहरीले बरामद गरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–४, खार्पुबाट प्रहरीले ठूलो परिमाणमा चीनबाट अवैधरुपमा भित्र्याएका मदिरा बरामद गरेको हो ।

कांग्रेस केन्द्रीयको आज बैठक बस्दै,सडक संघर्ष या मध्यावधि निर्वाचन के गर्ला कता जाने निर्णय गर्ने

खार्पुनाथ–५, मुचुबाट सोही गाउँपालिकाको लाँलीतर्फ लैजाँदै गरेको एक सय १० पेटी मदिरा बरामद गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता हरि वाग्लेले जानकारी दिए । प्रवक्ता वाग्लेका अनुसार उक्त मदिरा अवैधरुपमा व्यापारिक परियोजनका लागि ल्याइएको थियो ।
झिनिगोटी नामक उक्त मदिरा केही समय पहिला हुम्ला ल्याइएर लुकाइएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

‘अवैधरुपमा चीनबाट ल्याइएको ठूलो परिमाणको मदिरा बरमद गरिएको छ,’ प्रवक्ता वाग्लेले भने, ‘मदिरा पहिल्य नै ल्याइएर गोदाममा राखिएको रहेछ । गोदामबाट अहिले व्यापारिक प्रयोजनका लागि लैजाँदै गर्दा बरामद भएको हो ।’

लालीका ३८ वर्षीय धिरेन्द्र शाहीले १९ वटा खच्चरमा ढुवानी गरेरे लैजाँदै गरेको अवस्थामा मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x