३ श्रावण २०८३, आईतवार

आन्दोलनको लागी तैयार रहन कार्यकर्तालाई पटेलको आग्रह

एसीपी संवाददाता

१३ मंसिर २०७७, शनिबार ०६:४८ मा प्रकाशित

बीरगंज १३ मंसिर
हिन्दू परिषद नेपालको आज बीरगंज महानगरपालिका बड़ा न.२ मा बिरेन्द्र कुशवाहाको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन भएको छ।छपकैया छठघाटमा सम्पन हिन्दूवादी अगुवाहरुको भेला लाई सम्बोधन गर्दै हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले देशमा हिन्दू राष्ट्रको लागी राम्रो माहोल बन्दै गएकोले युवाहरु लाई आन्दोलनका लागी मानसिक रूपमा तैयार रहन आग्रह गर्दै बिदेशमा बसने नेपालीहरु बाट समेत सुबेकच्छा प्रदान हुदै गएको छ।नेपालीहरुको पहिचानका निमित संघर्षरत परिषद हिन्दू राष्ट्रको लागी संकल्पित रहेको बताए।पटेलले भने जबरजस्ती धर्म परिवर्तन गराउने गिरोह लाई कालो मोसो दलि प्रशासन लाई बझाऊ भनी सुझाव दिए।अब चाडै हिन्दू राष्ट्रको लागी राष्ट्रिय गठबन्धन निर्माण हुनेमा आफु बिस्वत रहेको बताए।युवाहरुको हिन्दू परिषद नेपाल प्रति आकर्षण बढ्दै गएको बताउदै परिषद देशमा काम गरेर नेपाली समाज लाई जोड़ने कार्य गर्दै आएको पटेलले बताए।         

हिन्दू परिषद नेपाल बीरगंज महानगरपालिका बड़ा न.२ मा बिरेन्द्र कुशवाहाको अध्यक्षतामा २५ सदस्यीय बड़ा कमिटी र ५ सदस्यीय सल्लहकार कमिटी गठन भएको छ।उपाध्यक्षमा सुनील महतो,सचिव संतोष कुशवाहा, कोषाध्यक्ष उमेश कुशवाहा,कार्य समिति सदस्य हरुमा राजदेव महतो,सनोज कुशवाहा, भरत साह,हरि महतो,कमल महतो,गुन्जन महतो,अजय कुमार, गणेश नुनिया, सिकन्दर महतो,रामचंद्र नुनिया,सुरेश कुशवाहा, नरेश कुमार, मुन्नू कुमार, रामबालक महतो,सुरेश कुमार, शकर नुनिया रिजेश पासवान, राजेश चौधरी, अमित बैठा, प्रदीप पटवा,जगदीश सरार्फ सहित रहेका छन।गठन कार्यक्रममा परिषद बीरगंज नगर अध्यक्ष प्रमोद सिंह,सह-सचिव रंजीत चौरसिया,बड़ा न.१ का अध्यक्ष रिकी कंठ,बड़ा न.३ का शंकर सोनार,बड़ा न.४ राजा वर्णवालले शुभकामना मंतब्य ब्यक्त गरेका थिए।

किन भयो नेकपाको सचिवालय बैठक आगावै जोड घटाउ हिसाब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x