७ बैशाख २०८३, सोमबार

काङ्ग्रेसका नेता बस्नेत मागे चिनियाँ जहाज वाइडबढी किनेर लेरायो, ख्वाप्प ४ अर्बको हिसाव

एसीपी संवाददाता

३१ चैत्र २०७७, मंगलवार ०२:४४ मा प्रकाशित

काठमाडौं । काँग्रेस नेता मोहन बस्नेत अभद्र तरिकाले टीभी अन्तरवार्तामा प्रस्तुत भएका छन् । उनी कम्युनिस्टलाई देशद्रोहीको संज्ञा दिँदै एमाले नेता केशव बडालमाथि जाइलागेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । पत्रकार ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा अन्तरवार्ता दिने क्रममा बस्नेत एकाएक आक्रामक रुपमा प्रस्तुत भएका हुन् ।

चिनियाँ जहाज धान्न नसकिने भन्दै फिर्ता पठाउने तयारी,अरु ठेक्का नि अलपत्र


अन्तरवार्ताका क्रममा पत्रकार धमलाले सोधे, ‘केपी शर्मा ओलीले जति काम गर्नुभयो, धेरै काम त गर्नुभएको छ नि ?’ जवाफका क्रममा कांग्रेस नेता बस्नेतले भने, ‘काम गर्नुभा’छ भन्या ! वाइडबढी किनेर लेरायो, ख्वाप्प ४ अर्बको हिसाव छैन ।’

त्यसपछि एमाले नेता बडालले केही बोल्न खोजेपछि बस्नेतले रोक्दै भने, ‘मलाई…क्लियर गर्न दिनुस् पहिला !’ बडालले प्रतिवाद गर्दै भने, ‘क्लियर होइन, तपाईं कति फटाहा कुरा गर्दै हुनुहुन्छ, त्यस्तो हुँदै होइन के !’ बस्नेतले बडाललाई औँला उठाउँदै भने, ‘तपाईँ चोर कुरा गर्दै हुनुहुन्छ ! बढी कुरा गर्ने ?’ बस्नेतले जाइलाग्दै चर्को स्वरमा भने, ‘सम्हालिएर बस्नुस्, फटाहा भन्ने ?’

बडालले असत्य कुरा बस्नेतले बोलेको तर्क गरिरहे । बस्नेतले थप चर्किँदै भने, ‘तपाईंले असत्य कुरा बोल्नुभाछ, साले डाँका, देशद्रोही, कम्युनिस्ट !’ चर्काचर्कीकै बीच बडालले केही बोल्न खोजेपछि बस्नेतले चुप लाग्न चेतावनी दिँदै आफूलाई बोल्न दिन अन्तरवार्ताकार ऋषि धमलासँग आग्रह गरे । त्यसपछि बडालले पनि धमलालाई अबदेखि बस्नेतजस्ता मान्छेसँग आफूलाई अन्तरवार्ता दिनका लागि नबोलाउन भन्दै आक्रोश पोखे ।

‘हुँदै नभएको यति ढाँट कुरा गर्नभा’छ । वाइडबढी उहाँहरुको सरकार भएका बेला भएको हो । वाइडबढी किनेको हुम्लाका पर्यटनमन्त्री भएका बेला त्यो निर्णय भएको हो’, बडालले भने । बडालले यतिबोल्दै गर्दा बस्नेतले निरन्तर प्रतिवादको प्रयास गरिरहे । बस्नेत फेरि बोले, ‘ऋषिजी, तपाईँले जे कुरा सोध्नुभयो । उहाँले जवाफ दिनुभयो, म सुनेर बसेँ । मलाई पनि जवाफ दिन दिनुस् । त्यसपछि म उहाँको सुन्छु ।’

त्यसबीचमा पनि उनीहरुबीच बाझबाझ चलिरह्यो । अन्तरवार्ताकार धमला मौन बसिरहे । केहीबेरपछि सहजीकरण गर्दै धमलाले बडाललाई आफ्नो धारणा राख्न समय दिए । रातोपाटि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x