१२ असार २०८३, शुक्रबार

के दाहालले छुटटै पार्टी चलाएको हुन्

एसीपी संवाददाता

४ कार्तिक २०७७, मंगलवार १६:५२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन्। बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरूलाई बोलाएर छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले दाहालमाथि त्यस्तो आरोप लगाएका हुन्।

‘एउटै पार्टीका नेताहरूलाई उहाँले बेग्लाबेग्लै भेट गर्नुभयो। समस्या हो, समस्या छ भने त्यसलाई सम्बोधन गर्न सामुन्नेमा राखेर छलफल गर्नुपर्छ। उहाँले त्यसो गर्नुभएन र आज यहाँ बोलाएको पनि आउनुभएन। यसले सन्देश राम्रो जाँदैन,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘विवाद समाधानका लागि आएका एउटै पार्टीका नेतालाई छुट्टाछुट्टै भेटघाट गर्दा छुट्टै पार्टी सञ्चालन गरेको आभास भयो।

मुख्यमन्त्री शाही आफै भन्छन् चीनद्वारा सीमा मिचिएको छ छानविन गरौं

चीनको बेल्ट एण्ड रोड परियोजना,इटाली संकटमा परेको अभिव्यक्ति

खैर केही छैन, हामी दुवैजना बस्छौं र तपाईंहरूको समस्यालाई समाधान गर्छौं।’ दाहालले बिहीबार र शुक्रबार बेग्लाबेग्लै समूहमा कर्णालीका नेताहरूसँग छलफल गरेका थिए। शनिबार ओलीले कर्णालीका नेताहरूसँग छलफल गर्ने क्रममा दाहाललाई पनि बालुवाटार बोलाएका थिए तर गएनन्। कर्णाली प्रदेशका इन्चार्ज जनाद्र्धन शर्मा पनि बालुवाटार छलफलमा सहभागी भएनन्।

दाहालले ओलीकै सहमतिमा उनीहरूसँग छलफल गरेको बताइए पनि ओली भने असन्तुष्ट देखिएको जनाइएको छ। शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित यामलाल कँडेल, गोरखबहादुर बोगटी, प्रकाश ज्वाला, मायाप्रसाद शर्मा, गुलाबजंग शाह, चन्द्रबहादुर शाहीलगायत नेताले प्रधानमन्त्री ओलीसँग छलफल गरे। छलफलमा ओलीले प्रदेश सरकार भनेको संघीय सरकारको प्रशासनिक एकाइ भएकाले मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि संघीय प्रधानमन्त्रीसँग छलफल गरेर मात्रै गर्नुपर्ने बताएका थिए।

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि दाहालले कर्णालीको विवाद समाधानका लागि अग्रसरता लिएका थिए। प्रधानमन्त्री ओलीले सरकार हेर्ने र दाहालले पार्टी हेर्ने जिम्मेवारी बाँडफाँट भएपछि दाहालले कर्णालीमा देखिएको विवाद समाधान गर्न भनेर दुवैतर्फका नेताहरूलाई आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए।

‘प्रदेश सरकार संघीय सरकारको प्रशासनिक एकाइ हो, जसले गर्दा त्यहाँ मन्त्रिपरिषद् पुनर्गठन गर्दा संघसँग परामर्श गर्नुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी नेताले बताए। प्रधानमन्त्री ओलीले कर्णालीमा भएको विवादलाई समाधान गर्न दाहालसँग सल्लाह गर्ने बताएका थिए। उनले दुई अध्यक्षले दिने निर्देशन नै सामाधानको उपाय रहेको बताउँदै केही दिनमै निर्देशन आउने जानकारी दिए। छलफलमा पार्टी महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी भएका थिए।

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि दाहालले कर्णालीको विवाद समाधानका लागि अग्रसरता लिएका थिए। प्रधानमन्त्री ओलीले सरकार हेर्ने र दाहालले पार्टी हेर्ने जिम्मेवारी बाँडफाँट भएपछि दाहालले कर्णालीमा देखिएको विवाद समाधान गर्न भनेर दुवैतर्फका नेताहरूलाई आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए। गत शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री हटाउनेगरी पार्टीको संसदीय दलमा १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि दुवै अध्यक्षले विवाद थाती राखेर छलफलका लागि काठमाडौं आउन निर्देशन दिएका थिए। दाहालले ओलीसँगको सल्लाहमै बिहीबार र शुक्रबार कर्णालीका नेताहरूसँग आफ्नै निवासमा छलफल गरेका थिए। दाहालसँगको छलफलमा भने कर्णाली प्रदेशका इन्चार्ज शर्मा सहभागी भएका थिए। ‘हामी दुवै अध्यक्षले तपाईंहरूका समस्या र विषयहरूबारे सुन्यौं। अब हामी दुई अध्यक्ष बस्छौं, सहमति गर्छौंं। त्यही सहमति नै तपार्इंहरूको विवादको समाधान हो। केही साथी काठमाडौंमै रहनुहोला,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

प्रधानमन्त्री ओलीले अध्यक्षद्वयको सहमति तपाईंहरूमध्ये कसैको अनुकूल वा प्रतिकूल हुन सक्छ तर दायाँबायाँ गर्न नपाइनेसमेत बताएका थिए। छलफलमा सहभागी नेकपा नेता कँडेलका अनुसार सबैजनाले करिब तीन घन्टा लगाएर कर्णालीको समस्याबारे ब्रिफिङ गरेका थिए। उनका अनुसार प्रधानमन्त्री ओलीले दाहालसँग छलफल गरेर निर्देशन दिने बताएपछि नेताहरू फर्केका थिए। शनिबार बालुवाटारमा करिब चार घन्टा छलफल भएको थियो। केही नेता आइतबार कर्णाली फर्कने तयारीमा छन्। नागरिकन्यूजबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x