१३ असार २०८३, शनिबार

कोरोना संक्रमण शुरु भएकै देश चीनमा पुनः एकै दिन १ सय १५ जनामा भेटियो संक्रमण

एसीपी संवाददाता

१ माघ २०७७, बिहीबार १८:०२ मा प्रकाशित

चीनमा कोरोना भाइरस (कोभिड–१९) का थप नयाँ संक्रमित भेटिएका छन् । मंगलबार मात्रै पनि चीनभित्रै थप एक सय १५ वटा नयाँ घटना बाहिर आएको जानकारी दिइएको छ ।

चीनको नेसनल हेल्थ कमिसनले बुधबार दिएको जानकारीअनुसार मंगलबार एक सय १५ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये एक सय सातजना चीनभित्रैका छन् । यहाँका स्थानीयबाटै एक सय सातजनामा संक्रमण भएको समाचारमा जनाइएको छ ।  

चीनले कोरोनाबाट निको भएका नागरिकहरूको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो कदम सुरु गरेको हो ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले मंगलबार भेटिएका संक्रमितमध्ये एक सय सातजना स्थानीयस्तरमै आपसमा संक्रमित भएको र अरू विदेशबाट आएको बताएका छन् ।

स्वदेशी संक्रमितहरूमध्ये ९० जना उत्तरी चीनको हुबे प्रान्तका छन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीयस्तरमा कोरोना संक्रमण बढेको पुष्टि भएको छ ।  नयाँपत्रिका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1
0
Would love your thoughts, please comment.x
()
x