३ श्रावण २०८३, आईतवार

घन्कियो नेपालगन्ज राजा ल्याऔं देश बचाऔं,राजा नआए प्रजाको विनाश हुन्छ

एसीपी संवाददाता

१३ मंसिर २०७७, शनिबार १०:५९ मा प्रकाशित

राजा ल्याऔं देश बचाऔं, राजा नआए प्रजाको विनाश हुन्छ’, भन्ने नाराका साथ हिन्दु राज्य र राजसंस्था पुनस्र्थापनाका लागि नेपालगन्जमा शनिबार हजारौंको संख्यामा मोटरसाइकल ¥याली निकालिएको छ ।

हिन्दु राष्ट्रवादी आयोजक रहेको ५ सय बढी मोटरसाइकल ¥यालीले नेपालगन्जको बागेश्वरी मन्दिरको पूर्व पट्टिको पार्कबाट न्युरोड, पुष्पलाल चोक, सुर्खेत रोडको वीरेन्द्र चोक, वीपी चोक, गणेशमान चोक, चार बाहिनी चोक, भेरी अस्पताल हुँदै त्रिभुवन चोक, सदरलाईनदेखि बागेश्वरी मन्दिर हुँदै धम्बोझी चोकसम्म नगर परिक्रमा गरेका छ ।

राप्रपाका राष्ट्रिय नेता एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणाले र्‍यालीपछि जम्मा भएको भीडलाई सम्बोधन गर्दै ‘देश संकटमा भएको राजसंस्था फिर्ता ल्याए मात्रै देशले राहत पाउने अभिव्यक्ति दिए । साथै उनले धर्म, राजा र राष्ट्र जोगाउन संघर्षका लागि तयार हुन आह्वान समेत गरेका छन् । राणाले बिभिन्न देशको उदहारण दिदै उनले अब हिन्दू र मुस्लिमहरु मिलेर राजा सहितको हिन्दु राष्ट्रको निर्माण गर्ने तर्फ अग्रसर हुने जिकिर गरे ।
बिगत केही महिना देखि निरन्तर रुपमा हिन्दुराज्यको माग गर्दै विभिन्न जिल्लामा र्‍याली शुरु भएको छ । तर सरकार येस्का लागि कडा कदम चाल्ने बताउदै आएको छ । अहिले नेकपा एकातिर बिवाद बाढी रहेको बेला यसरी आन्दोलन हुने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x