चीनको बेल्ट एण्ड रोड परियोजना,इटाली संकटमा परेको अभिव्यक्ति
फाइल तस्बिर
मंगलवार चीनले बीआरआईमा अन्तरक्रिया तथा यसको प्रवर्द्धनका लागि नेपाली नेताहरुसँग भर्चुअल मिटिङ गरिरहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ थाओको नेतृत्वमा नेकपा अध्यक्ष प्रचण्ड, विदेश विभाग प्रमुख माधव नेपाल, कांग्रेस र जनता समाजवादी पार्टीका प्रतिनिधि, नेकपा मालेका सीपी मैनाली, नेमकिपाका नारायणमान विजुक्छे लगायत सहभागी
आइतवार इटालीका एक मन्त्रीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबारे सोचनीय अभिव्यक्ति दिए । सुरुमा हौसिएर इटालीको चीनको बीआरआई परियोजनामा हस्ताक्षर गरेको थियो । तर जसरी सम्झौता गर्दा भनिएको त्यो अनुसार अहिले त्यसको फरक पाएपछि इटाली संकटमा परेको छ ।
इटालीका युरोप मामिला मन्त्री भिन्सेन्जो एमेन्डोलाले आइतवार आफ्नो देशले बीआरआई परियोजनामा हस्ताक्षर गरेर ठूलो गल्ती गरेको बताएका हुन् । उनले सी चिनफिङको नेतृत्व चीन पहिलाजस्तो नरहेको पनि बताए । पहिलाको चीन विश्वास गर्न लायक भए पनि अहिलेको चीनको नियतमै खोट देखिएको मन्त्री एमेन्डोलाले बताएको इटालीको लाइम्स अनलाइनले उल्लेख गरेको छ ।
धेरै पहिला नै बीआरआईमा हस्ताक्षर गरेको इटालीले अहिले आएर पश्चताप गरिरहेका बेला नेपालका कम्युनिस्टहरु भने बीआरआईको प्रवर्द्धनमा खटिएका छन् । चीनले सरकार जोगाइदिएकै भरमा कम्युनिस्ट सरकारले आफ्नो भूमि मिचिँदा पनि चीनकै हो भनिरहेका बेला नेताहरु चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले आयोजना गर्न लागेको बीआरआई प्रवर्द्धन कार्यक्रममा सहभागी भइरहेका छन् ।
आज मंगलवार चीनले बीआरआईमा अन्तरक्रिया तथा यसको प्रवर्द्धनका लागि नेपाली नेताहरुसँग भर्चुअल मिटिङ गरिरहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ थाओको नेतृत्वमा नेकपा अध्यक्ष प्रचण्ड, विदेश विभाग प्रमुख माधव नेपाल, कांग्रेस र जनता समाजवादी पार्टीका प्रतिनिधि, नेकपा मालेका सीपी मैनाली, नेमकिपाका नारायणमान विजुक्छे लगायत सहभागी हुँदैछन् ।
- देशमा सरकार छ ’ भन्ने भ्रमको अन्त्य-प्रवक्ता शर्मा
- प्रहरीको सक्रियता, चाडपर्वको समयमा मन्दिर सरसफाइ
एकातिर अन्तर्राष्ट्रिय समुदाय चीनको बीआरआई परियोजनाबाट टाढिरहेका छन भने अर्कोतिर नेपालका कम्युनिस्टहरु देशको हित अहित केही नहेरी सिधै प्रवर्द्धनमा लागेका छन् । नेपालका नेताहरुको बुद्धि कहिले आउँलारु चीनको चंगुलमा परिसकेको कम्युनिस्ट नेताहरु अब खाडलमा परेपछि चेत धेरै ढिला हुनेछ ।
तसर्थ नेपाली नेताहरुले चीनको बीआरआई बारे अन्य देशहरुले लिएको निर्णयबारे पनि विचार विमर्श गर्दै सचेत हुनुको विकल्प छैन । नेपालपानाबाट




[…] […]