सुपर किङ्सको जीतमा ,गायकवाडको ६५ रनको इनिङ्स
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत आइतबार राती भएको पहिलो खेलमा चेन्नईको जितमा रुतुराज गायकवाडले ६५ रनको अर्धशतकीय इनिङ्स खेले पछि महेन्द्र सिंह धोनीको कप्तानमा रहेको चेन्नेई सुपर किङ्सले जीत हासिल गरेको छ । दुबईमा जारी रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चेन्नेईले बिराट कोहलीको कप्तानी रहेको रोयल च्यालेञ्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको छ ।
बैंगलोरले दिएको १ सय ४६ रनको लक्ष्य १८ ओभर चार बलमा दुई विकेटको क्षतिमा पूरा गरेको हो यसको गायकवाड रहेका छन् । टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोर २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनाएको थियो।
अम्बाती रायडु ३९, डु प्लेसिसले २५ रन जोड्दा कप्तान महेन्द्र सिंह धोनी १९ रनमा समेटिए। बैंगलोरका कप्तान विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि त्यती खसै स्कोर खडा गर्न सकेका थिएनन् भने पुच्छरमा रहेको चेन्नइ सहज नै जीत हासिल गरेको हो । एबी डी भिलियर्स ३९, देबदूत पडीक्कलले २२ रन जोड्दा आरोन फिन्चले १५ रन मात्र बनाए।
यो जितसँगै चेन्नई सातौं स्थानमा उक्लिएको छ। उसले १२ खेलमा ८ अंक जोडेको छ।चेन्नईसँग पराजित भएसँगै बैंगलोर शीर्ष स्थानमा पुग्ने अहिले बे्रक लागेको छ । तालिकाको तेस्रो स्थानमा रहेको बैंगलोरले ११ खेलमा १४ अंक जोडेको छ।


