१४ आश्विन २०८३, बुधबार

जानकी गाउँपालिकाका महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण

एसीपी संवाददाता

४ माघ २०७७, आईतवार ०४:३० मा प्रकाशित

नेपालगन्ज । जानकी गाउँपालिका वडा नं. ३ कर्मोहनाका महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गरिएको छ ।

महिला जनचेतनामुलक अभियान अन्तरगत बी योर सेल्फ नामक संस्थाले शनिवार प्याड वितरण गरेको हो ।

कार्यक्रममा २ सय जनालाई प्याड वितरण गरिएको संस्थाका अध्यक्ष गौरव शाहले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष अनुपा चौधरी, कोषाध्यक्ष प्रेक्षा केसी, पुर्व मिस नेपालगंज सुमन थापा, मधु योगी लगाएतले सामाग्री हस्तान्तरण गर्नुभएकाे थियो ।

टिकापुर घटनाको मुख्य दोषीको हो बताई दिनुश न प्रधानमन्त्री ज्यु ? थारु नेता

वितरण कार्यक्रममा महिनावारीका वारेमा जनचेतनामुलक नृत्य, नाटक प्रदर्शनका साथै स्वास्थ्य सम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो ।

नेपालगन्जका युवाहरुद्वारा स्वतस्फुर्त रुपमा गठित संस्थाले यस अघिपनि आर्थिक संकलन गरि विपन्न तथा असहायहरुलाई खाना खुवाउने लगाएतका सामाजिक क्रियाकलापहरु गर्दै आएको सचिव करण शाहले जानकारी दिनुभयो ।

कार्यक्रममा ए एण्ड बि ट्रेड सप्लायर्स, विनायक मेडिकल, शुभम जनरल स्टोर लगायतले बिभिन्न सामाग्री सहयोग गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x