जुम्लाको दुर्गम गाउँको एक विपन्न परिवारमा जन्मिएका निर्देशक राजबहादुर साने
जुम्लाको दुर्गम गाउँको एक विपन्न परिवारमा जन्मिएका निर्देशक राजबहादुर साने बाल्यकालमै सिटामोलको अभावमा हुर्कन बाध्य भए। यही अभाव, यही पीडा र यही अनुभूतिले उनलाई जीवनभर दृढ, अडिग र संघर्षशील बनायो। उनी साँच्चिकै “कडा चट्टान फोडेर उम्रिएको बर–पिपल” समान धैर्यशील व्यक्तित्व हुन्। 
सिने–कर्मी बन्ने अटुट सपना बोकेर राजधानी काठमाडौं प्रवेश गर्दा उनीसँग सीमित सम्भावना भए पनि असीमित जाँगर र दृढ निश्चय थियो। बाल्यकालको अभाव, जीवनका असंख्य कठिनाइ र सपनाप्रतिको प्रतिबद्धताले अन्ततः उनलाई सफल निर्देशकको पंक्तिमा स्थापित गरायो। यही निरन्तर संघर्ष र जीवन–अनुभवको प्रतिफल आज सिटामोल चलचित्रका रूपमा दर्शकसम्म आइपुगेको छ।
यो चलचित्र केवल एउटा फिल्म मात्र होइन; यो जनयुद्धकालीन परिवेश र व्यक्तिगत पीडाबाट उतारिएको जीवन–दर्शन हो। युगान्तकारी राजनीतिक परिवर्तनलाई सम्भव तुल्याउन अगुवाइ गर्ने जनयुद्धलाई न्याय गर्ने यस चलचित्रको कथा–पटकथा गम्भीर र यथार्थपरक छ भने यसको अभिनय, सन्देश र प्रस्तुति साँच्चिकै प्रशंसनीय छन्।
यसैले, उत्कृष्ट नेपाली चलचित्र निर्माणमा योगदान पुर्याउने निर्देशक राजबहादुर साने तथा सम्पूर्ण सिटामोल परिवारलाई प्रोत्साहन गर्नका लागि सबै महानुभावहरूलाई हलमा उपस्थित भई सिटामोल हेर्न हार्दिक अनुरोध गर्दछु नरेश भण्डारीले आफ्नो समाजिक संजाल मा लेखेका छ्न ।


