७ मंसिर २०८३, आईतवार

जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागी ज्यान गुमाएका सुलभ र आयुषको पार्थिव शरीर नेपालगन्ज ल्याइँदै

एसीपी संवाददाता

२७ भाद्र २०८२, शुक्रबार १७:३१ मा प्रकाशित

काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागी ज्यान गुमाएका नेपालगन्ज–१ का २३ वर्षीय सुलभ राज श्रेष्ठ र १९ वर्षीय आयुष थापाको पार्थिव शरीर आज नेपालगन्ज ल्याइँदैछ । शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम सकिएपछि दिउँसो विशेष विमानमार्फत शव ल्याउने तयारी भएको हो ।

सुलभको अन्तिम संस्कार आजै गरिने भएको छ । उनलाई श्रद्धाञ्जलीका लागि उनले अध्ययन गरेको भेरी इङ्ग्लिस मिडियम विद्यालयमा राखिनेछ। त्यसपछि नगर परिक्रमा गराइ राप्ती नदीको सिधनियाघाटमा अन्त्येष्टि गरिने छ ।

आयुषको भने भोलिमात्र अन्तिम संस्कार गरिनेछ। उनका आफन्तहरू बाहिरबाट आउनुपर्ने भएकाले अन्तिम संस्कार भोलिसम्म सारिएको हो । यसबीचमा परिवार, आफन्त, मित्र तथा सहपाठीहरूले दुबै युवालाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x