जेन जि टिमका आन्दोलनमा न्युनतम मागहरु उल्लेख गरेका छन लेखेका छन :
काठमाडौं – जेन जि टिमका आन्दोलनमा न्युनतम मागहरु तयार पारेर वार्ता जाने भएको छ । जेन जि लाई वार्तामा आउन रास्ट्रपति रामचन्द्र पौडेलले र सेना प्रमुख आग्रह गरेको पछि आफ्नो माङ सहित वार्तामा बस्ने तयार भएको बताईएको छ।
१) दुई पटकभन्दा बढी प्रधानमन्त्री, तिनपटक भन्दा बढी मन्त्री तथा चार कार्यकालभन्दा बढी सांसद हुन कोही पनि व्यक्ति नपाउने भनी राजनीतिक शुद्धीकरणको निम्ति कानुनी प्रबन्ध गरिनुपर्ने। (Term Limits को व्यवस्था )
२) भ्रष्टाचार निवारण ऐनको दफा ३ मा संसोधन गरि गम्भीर भ्रष्टाचारको कसुरमा आजिवन काराबासको कानुनको माग, गम्भीर भ्रष्टाचारजन्य कसुरको हकमा “principle of jail not bail” हुनुपर्ने तथा भ्रष्टाचारको कसुरमा हदम्याद विहिन कानुनको निर्माण (no time limitation for lodging the case relating to corruption) ।
३) राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धि ऐन, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन ऐन तथा स्थानीय तह निर्वाचन सम्बन्धि ऐन तथा राजनीति दल सम्बन्धि ऐन मा आवश्यक संसोधन गरि ६५ वर्ष पुरा गरेकालाई राजनीतिमा कहि कतै निर्वाचित, नियुक्त तथा राजनीतिक दलको पदाधिकारी हुन रोक्ने गरी कानुनी व्यवस्था ।
५) सत्तामा बसेका नेताहरू, निजहरुका आसेपासे तथा उनीहरुको परिवारको सम्पत्ति, तथा उनीहरुको भ्रष्टाचारबाट मोजमस्तीको आयस्रोत अनुसन्धान हुनुपर्ने, अख्तियार प्रमुख नै चयनमुखी अनुसन्धान र अभियोजन (selective prosecution ) गर्ने पदाधिकारी भएको हुँदा निजले निश्पक्ष अनुसन्धान नै गर्न नसक्ने हुदा निजको तत्काल राजीनामा !
४) सामाजिक संजाल माथिको सरकारी नियन्त्रणले हाम्रो बोल्ने मात्रै नभै सोच्ने अधिकार (freedom to think and innovation) मा पनि अवरोध पुर्याइरहेको हुँदा सामाजिक संजाल माथिको नियन्त्रण सम्पुर्ण रुपमा हटाइनुपर्ने ! विधाइकाले कानुन नै नबनाएको अवस्थामा निर्देशिकाको भरमा सरकारले हामीलाई नियन्त्रण गर्न पाउदैन ! त्यसैले राष्ट्रिय सभामा विचाराधिन विषयमा कुनै विदेशी कम्पनीले हाम्रो कानुन मानेन भन्ने गलत अर्थ गरी हाम्रो मुख (मौलिक अधिकार) गैरकानुनी रुपमा थुन्न खोज्ने सन्चार मन्त्री तथा प्रधानमन्त्री दुबैको राजीनामा !
५) Gen Z को माथिल्लो पुस्ताको उमेर २८ वर्ष पुगिसकेको हुँदा स्थानीय तहको नेतृत्व गर्न, प्रदेशसभामा निर्वचित हुन मुख्यमन्त्री बन्न तथा प्रतिनिधिसभा सदस्य तथा प्रधानमन्त्री नै बन्ने संबैधानिक उमेर पुगिसकेको अवस्था हुँदा प्रत्येक राजनीतिक दल तथा संवैधानिक निर्वाचनहरुमा Gen Z को सम्मानजनक स्थान, भुमिका र नेतृत्व ।


