१ श्रावण २०८३, शुक्रबार

डा.केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन

एसीपी संवाददाता

१७ आश्विन २०७७, शनिबार १५:५० मा प्रकाशित

चिकित्सा शिक्षा सुधारको माग गर्दे अनसन बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।
अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवन रक्षाको माग गर्दै समाजवादी बिद्यार्थी युनियनले शनिबार प्रदर्शन गरेको हो ।

डा.केसीमाथि गैरमानबीय ब्यवहार भएको संघको दाबी

अनसनको २० दिन पुग्दा समेत सरकारले केसीका मागहरु पुरा गर्न कुनै कदम चाल्न नसकेको प्रदर्शनमा सहभागि युवाहरुले बताएका छन् ।

भदौ २९ गतेबाट अनसन थालेका केसी अहिले त्रिवि शिक्षण अस्पतालमा हुनुहुन्छ । केसीको उपचारमा संलग्न चिकित्सकहरुले केसीको अवस्था जटिल बन्दै गएकाले आइसियुमा उपचार गर्नुपर्ने बताएपनि केसीले मान्नुभएको छैन । केसीले ६ बुँदे माग अघि सार्दै जुम्लाबाट अनसन शुरु गर्नुभएको थियो ।

डा.केसीको समर्थनमा वीरगञ्जमा धर्ना तथा प्रर्दशन

डा.केसीको समर्थनमा वीरगञ्जमा धर्ना तथा प्रर्दशन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1
0
Would love your thoughts, please comment.x
()
x