१५ आश्विन २०८३, बिहीबार

दक्षिण कोरियामा पहिलोपटक बिरालोमा कोरोना भाइरस संक्रमण पुष्टि

एसीपी संवाददाता

१४ माघ २०७७, बुधबार ०७:५६ मा प्रकाशित

बिश्वमा कोभिड १९ कोरोना भाइरसका कारण अहिले बिश्वको अर्थतन्त्र जहाँ महामारी बनेको तेही लाखौ मान्छेको ज्यान गएको भने अहिले मान्छे बाहे जनावरहरुमा यो लक्षण देख्न थालेको छ । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस संक्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना संक्रमण भेटिएको यो पहिलो घटना हो ।

पछिल्लो समय उक्त बस्तीमा कोरोना महामारी फैलिएको थियो । उक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा बिरालोमा समेत संक्रमण पाइएको हो । उक्त बिरालो पाल्ने परिवारका तीन सदस्यमा पनि भाइरस पुष्टि भएको छ । यहाँ मानिसबाहेक अन्य जनावरमा समेत भाइरस देखा परेपछि सबैलाई सचेत रहन दक्षिण कोरिया सरकारले आग्रह गरेको छ ।

कोरिया सरकारले कोभिड–१९ विरुद्ध खोपको तयारी गरिरहेको भए पनि अझै वितरण भएको छैन । सावर्जनिक स्थानमा चार जनाभन्दा बढी भेला हुन नपाउने, सामाजिक दूरी पालना गर्नुपर्ने र ‘नो मास्क नो राइड’ नियमलाई कडाइ गरे पनि सङ्क्रमण फैलिन भने रोकिएको छैन ।एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x