१३ असार २०८३, शनिबार

बुधवार बाँकेका ८ सहित १८ जनामा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

१ माघ २०७७, बिहीबार ०७:५२ मा प्रकाशित

बुधवार बाँकेका ८ सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँकेका पुष्टि हुनेमा ३ महिला र ५ पुरुष रहेका छन । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा ७ र बागेश्वरी ल्याबमा १ जनामा कोरोना पुष्टि भएको छ । योसंगै बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ हजार ५ सय २६ पुगेको छ ।

अहिले १ सय ११ जना संक्रमितहरु उपचारमा रहेका छन । बाँकेमा कोरोना संक्रमण रोगको प्रकोप दर प्रति सयमा ०.७५ प्रतिशत रहेको छ । त्यसैगरि बाँकेका बिभिन्न प्रयोगशालामा गरिएको अन्य जिल्लाका १० जनामा पनि कोरोना पुष्टि भएको छ । जसमा ६ पुरुष र ४ महिला रहेका छन ।

यसैबीच बाँकेमा मंगलवार ३ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा १ महिला र २ जना पुरुष रहेका छन । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४ हजार ३ सय ६२ पुगेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । बाँकेमा कोरोना संक्रमित बिरामीहरुको निको हुने दर ९६.३८ प्रतिशत रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x