धार्मिक सहिष्णुता कायम राख्दै चाड पर्व मनाउन आग्रह
कार्तिक ७ कपिलवस्तु – जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आयसा गर्लस कालेजको प्रांगणमा राष्ट्रीय मदरसा संघका अध्यक्ष डा. अब्दुल गनि अल्कुफिको अध्यक्षतामा बडा दशै र मोहम्मद डे को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय कपिलवस्तु प्रमुख दिर्घ नारायण पौडेल र कार्यक्रममा बोल्दै प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले आउन लागेको चाड पर्वको अवसरमा सम्पूर्णमा सुख, समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्नु हुदै हिन्दू, मुस्लिम एक आपसमा मिलेर भाईचारा को सम्बन्ध रहेको र उक्त सम्बन्ध लाई अझै सुमधुर बनाउनु पर्नेमा जोड दिनु भयो ।
भारतले नाका खोल्यो हल्ला चले पछि आवतजावत गर्नेको भिड
बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ७२ जना कोरोना संक्रमित
राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफिले धार्मिक सहिष्णुता कायम राखदै चाड पर्व मनाउन आह्वान गर्नु भयो । राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्कीले शुभकामना संदेश दिदै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड – १९ को मध्यनजर गर्दै सुरक्षित रहि भिडभाड नगरी ,सामाजिक दूरी कायम गरी,माक्सको प्रयोग गरी एवम जिल्ला प्रशासन कार्यलय कपिलवस्तुको निर्देशन पालन गरी आ-आफ्नो चाड पर्व मनाउन आग्रह गर्नु भयो ।
जसपाका प्रभावशाली नेता रवि दत्त मिश्रले शुभकामना संदेश दिदै आ – आफ्नो पर्व मनाउदा हामी सधै संयम हुन जरुरी रहेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु प्रमुख दिर्घ नारायण पौडेलले दशै तथा मोहम्मद डे को शुभकामना सहित आयोजक टीमलाई धन्यवाद दिदै (COVID-19) को संक्रमण रहेकाले चाड पर्व आ – आफ्नो घरमै पुजा पाठ गरि मनाउन आग्रह गर्नु भयो । रविउल अउवलको शुभअवसरमा अतिथिहरूलाई मोहम्मद सल्लल्लाहु अले हे ओसल्लमको जीवनीको पुस्तक (अनुवाद नेपाली भाषामा ) समेत प्रदान गरियो।

प्रहरीद्वारा भन्सार छलि ल्याएको ठूलो मात्रामा अटो पार्टस बरामद
कार्यक्रममा सशस्त्र प्रहरी का S. P. नेपाल प्रहरीका D. S. P. , प्रहरी निरिक्षक सुकदेव पौडेल,नेकपा नगर अध्यक्ष जावेद आल्म खां, राष्ट्रीय मदरसा संघका सह संस्थापक डा. मंजुर अहमद खा, दिनेश चन्द्र गुप्ता, वंटी सरदार, वृजेश कुमार गुप्ता, मौलाना असलम मदनी, मौलाना लुकमान मदनी, हाफिज मोहम्मद तारिक, अब्दुल नुर, मौलाना कमरे आजम, शैख अब्दुल रसिद मदनी, मौलाना असिल अहमद नइमी, मौलाना जहिर अहमद बरेलवी, इन्जीनियर जियाउल हक खां, अनवार अहमद, मौलाना अब्दुल अजिम मदनी, डा. सहिद, नसरुल्ला खां, किफायतुल्ला खां, मिर्जा रासिद बेग, अब्दुल अजिम, समद खां नेपाली लगायतको उपस्थित रहेको थियो l



