धार्मिक स्थल खुला गराउन बैश्य समाजको ज्ञापन पत्र

देशमा भएको लकडाउन र कोरोना महामारीका कारण देश भरका धार्मिक स्थलहरु बन्द रहेको छ ।कोरोना महामारीको जोखिमका कारण बन्द गरिएको सार्वजनिक यातायात लगायतका सवारी सधानहरु सरकारले खोलेसंगै बन्द गरिएका मठ मन्दिर पनि खोल्नुपर्ने कशौधन बैश्य समाजले माग गरेको हो ।
सर्वसाधारणको पुजा अर्चनाका लागि हिन्दुहरुको पबित्र आस्थाको केन्द्र बागेश्वरी मन्दिरको द्धार खोल्न समाजका अध्यक्ष नन्दलाल बैश्य तथा महासचिव सत्यनारायण बैश्यले बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापन-पत्र बुझाउनुभएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई बुझाइएको ज्ञापन-पत्रमा बागेश्वरी मन्दिरको द्धारसंगै दशैंको मुखमा आइसकेको नवदुर्गा माताको नौ दिनसम्म पुजा अर्चना गर्ने अवसर प्रदान गर्न आग्रह गरिएको छ ।
तरुण दल नगर सभापति शाह जेलमुक्त
रसुवागढीमा पहिरोले फेरी बाटो अवरुद्ध तातोपानी नाका बन्द पुस–माघमा किनेको सामान केरुङमै,थन्किए
धार्मिक स्थलहरु खोल्ने माँग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन पत्र बुझाएका छन् । नेपालगंजमा रहेको कशौंधन बैश्य समाजमा आबद्ध कार्यकर्ता तथा समाजका अध्यक्ष नन्दलाल वैश्यले ज्ञापन पत्र बुझाउदै सहयोगका लागि अनुरोध गर्नु भयो ।

अब कोरोना महामारी बिश्व भर न्यूनिकरण हुँदै गएको भन्दै बाँके नेपालगंजमा रहेको बिभिन्न धार्मिक स्थल मध्ये मुख्य बागेश्वरी माताको पूजा ,आराधना तथा दर्शन गर्न जन साधारणको लागी धार्मिक स्थल खुला गर्न माँग गरेको छ ।

बिभिन्न धर्मका धार्मिक स्थल अन्य क्षेत्र खुला गरे जस्तै शारीरिक दूरी तथा मास्क आदि लगाउँदै निर्धारित गरेको मापदण्डलाई पालना गर्न लगाउँदै सिमित दर्शनार्थी एवं श्रद्धालुहरुको भावना तथा नजिकिंदै गरेको बिभिन्न पर्वहरूलाई समेत ध्यानमा राखी मंदिर खुला गर्न माँग गरेको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।




