१ श्रावण २०८३, शुक्रबार

नरैनापुरमा ९० बर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान

एसीपी संवाददाता

१६ आश्विन २०७७, शुक्रबार ०४:१० मा प्रकाशित

बाँकेको नरैनापुरमा ९० बर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा नरैनापुर गाउँपालिकाले आज गाउँपालिकाको कार्यालय प्रांगणमा आयोजना गरेको कार्यक्रममा ९० बर्ष माथिका ३५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

६ वटै वडाका ज्येष्ठ नागरिकलाई सम्मान गर्न आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारको विकास गर्न आवश्यक रहेको बताउनुभयो । बुद्ध बुवाआमाको माया, इज्जत र सम्मान विनाको परिवार र समाजमा खुसी र सन्तुष्टि मिल्न नसक्ने भन्दै अध्यक्ष शाहले बुवाआमालाई जिउँदो देउताको संज्ञा दिनुभयो ।

हुम्लास्थित नेपाल-चीन सीमामा देखिएको विवाद बल्झिँदै,नेकपा र कांग्रेसको छुट्टाछुट्टै टोली प्रस्थान

हुम्लास्थित नेपाल-चीन सीमामा देखिएको विवाद बल्झिँदै,नेकपा र कांग्रेसको छुट्टाछुट्टै टोली प्रस्थान

प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले संविधानले नै ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रदान गरेको अवस्थामा उनीहरुको सम्मान र सहयोगमा कुनै कञ्जुस्याईं गर्न नहुने बताउनुभयो । ज्येष्ठ नागरिकको सम्मान गर्दा मात्र सुसंस्कृत समाजको निर्माण हुने सक्ने उहाँको भनाई थियो । ज्येष्ठ नागरिकप्रतिको व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको शाहीले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तवको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्य, जिन्सी शाखा प्रमुख भरत महतो, सूचना अधिकारी लक्ष्मीकान्त मिश्र, सामाजिक विकास शाखा प्रमुख कृष्णाकुमारी चन्दले पछिल्लो समय ज्येष्ठ नागरिकप्रतिको दायित्वबाट नयाँ पुस्ता भाग्न खोजिरहेको भन्दै जन्म दिने बुवा आमा भन्दा ठूलो भगवान अर्को कोही हुन नसक्ने बताउनुभयो ।

सगरमाथामा नै चीनले आफ्नो भएको दाबी गरेपश्चात् सुरु भएका वार्ता

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मोल्हे बेहना शेष, वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, वडा नम्बर ४ का अध्यक्ष दिनेश प्रसाद शर्मा, वडा नम्बर ६ का अध्यक्ष विरेन्द्रपाल सिंह, इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरिक्षक बसन्त गौतम, सशस्त्र प्रहरी नरैनापुर विओपीका इन्चार्ज प्रहरी निरिक्षक नरेश कुमार बाटा, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख लगायतको उपस्थिति थियो ।

“महामारीले ज्येष्ठ नागरिकहरुप्रतिको हाम्रो व्यवहारमा परिवर्तन ल्याउँछ” भन्ने नाराका साथ यो बर्षको ज्येष्ठ नागरिक दिवस मनाइएको हो ।बागेश्वारी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x