११ भाद्र २०८३, बिहीबार

नेपालको संविधानको तागत

एसीपी संवाददाता

२८ भाद्र २०८२, शनिबार १८:४२ मा प्रकाशित

ओम आचार्य

जेनजीको आन्दोलन वर्तमान भ्रष्टचार , कुशाशन सामाजिक संजालमा लगाएको रोकबाट सुरु भएको आन्दोलनले चौविस घन्टा नवित्दै सरकार ढल्नु पर्यो ! सेनाको आग्रहमामा प्रधानमन्त्रीको राजिनामा आए पछी कस्लाइ अन्तरिम सरकारको प्रधानमन्त्री वनाउने भन्ने विसयमा जेनजी नागरिक समाज र कानुनविदहरु संग परामर्श चलिरहदा दुइ दिन सम्म कुनै निष्कर्ष निस्कन सकेन ! प्रधानमन्त्रीमा शुशिला कार्की नाममा सहमती भएर पनि संसद विघटनको विसयमा फेरी दुइ मत देखा परे ! शुशिला कार्की संसद विघटन पस्चात मात्रै प्रधानमन्त्री स्विकार्ने अडान र राष्ट्रपति भन्नु हुन्छ तपाइ प्रधानमन्त्री वन्नुस अनि संसद विघटनको सिफारिश पछी संसद विघटन हुनेछ !

यसै विच प्रधान सेनापतिले राष्ट्रपतिलाइ राजिनामा दिन दवाव दिदै गर्दा “ म राजिनाम दिन्न बरु मलाइ मार्नुस र आन्दोलनकारी माथि हत्याको आरोप लगाउनुस  र जे मन लाग्छ त्यो गर्नुस  भन्ने जवाफ दिएका थिए ! 

अहिले मुलुक संक्रमण कालमा छ ! यस्तो अवस्थामा जेनजी भित्र पनि घुस पैठ भएको कुरा स्वं जेनजीहरुले पनि स्विकार्रेको अवस्था छ भने अर्को तिर लोकतन्त्र प्रजातन्त्रका विरोधी र संविधान मास्ने समुहपनि सक्रिय रहेको अवस्थामा राष्ट्रपति समक्ष देश जनता र लोकतन्त्रको सुरक्षा गर्ने दाइत्व गम्भिर रुपमा आएको छ!

यही दाइत्व र जिम्मेवारी महशुस गरेर नै राष्ट्रपति ले सेना र शुशिला कार्की समक्ष आफ्नो दृढ विचार राखेको देखिन्छ !

राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति हुनु भन्दा पुर्व  नेपाली काग्रेसको शिर्षनेता हुनुहुन्थ्यो ! राष्ट्रपति वन्नु भन्दा पुर्व वहाको राजनीतिक पृष्ठभुमी राजनीतिक जग लोकतन्त्र प्रजातन्त्रबाट नै सुरु भएको थियो र आज लोकतन्त्र कै रक्षार्थ दरो उभिएर राष्ट्र र जनता समक्ष इतिहास वन्ने गरि आफ्नो परिचय प्रस्तुत गर्नु भयो !

संविधानको तागत कति छ र हुन्छ भन्ने कुरा आज राष्ट्रपतिबाट उदघाटित भएको छ ! सेनापति र शुशिला कार्कीलाइ जवाफ दिदै गर्दा वहाको पछाडी संविधान थियो र जिवित थियो र त्यही तागत त्यही बल देखाउनु भयो ! अहिले धेरै गुप्त र प्रतिगामीहरु संविधान मासेर राष्ट्रपति हटाएर आफ्नो कुत्सित विचार स्थापित गर्न खोज्दै थिए ! तर जेन जी , नागरिक समाज र कानुन विदको विवेक पुर्ण सुझाव र राष्ट्रपतिको अडानले सफल हुन पाएन!

नेपालको संबिधानमा राष्ट्ररपति नेपाली सेनाको परमाधिपति हुनेछ ! राष्ट्रपतिले नै मन्त्रिपर्षदको सिफारिसमा प्रधानसेनापतिको नियुक्ती र पदमुक्ति गर्ने छ !

यस्तो व्यवस्था भएको संविधानको राष्ट्रपतीले सेनापतिबाट  राजिनामा दिनुस भन्ने कुरा सिधै राष्ट्रपतिले इन्कार गर्नु संविधानकै तागत हो !

नवनियुक्त प्रधानमन्त्री शुशिला कार्की

राष्ट्रपतिबाट नियुक्त हुनु भएकी प्रधानमन्त्री शुशिला कार्कीलाइ वहाले सम्पादन गर्नु पर्ने कार्यसहित नियुक्त गर्नु भएको छ ! निर्धारित मीति भित्र सहज ,सरल ,समझदारी पुर्ण तरिकाहाट निर्वाचन सम्पन्न गरेर निर्वाचित जनप्रतिनिधीबाट संसद भवन भर्नु हुनेछ ! अहिले हामी  वहा कार्य सम्पादन गर्ने शैलि प्रति भरोसा र विश्वास राखौं!

फाल्गुण २१ 

फाल्गुण २१ को निर्वाचनले अहिले विघटित सांसादमा उपस्थित रहेका राजनीतिक दलहरुको संख्यामा अलिक फरक नतिजा आउन सक्ने विधमान अवस्था छ!यो कुरा अहिलेका राजनीतिक दलहरुले अहिले आफ्नो संगठनमा विचारमा नेतृत्व तहमा परिवर्ततन र सुधार गर्दै युवा पुस्ताको विचारमा समाहित हुन सकेनन भने फाल्गुण २१मा हुने निर्वाचनमा पछी पर्न सक्छन !

राजनीतिक दलहरुमा यही विधामान अवस्था रहे भोलि हुने संसदिय निर्वाचनमा लोकतन्त्र विरोधीहरुको बाहुल्यता हुन सक्ने र त्यही संसदले जसरी राजसंस्था खारेज गरे त्यसरी नै पुनरस्थापना गर्न सक्छन ! निकटमा रहेको यो दृष्यलाइ राजनीतिक दलहरुले समयमै कमजोर वनाउन आफुमा आत्मालोचना गर्दै सुधार गरेर लोकतन्त्र जोगाउने दाइत्व अव राजनीतिक दलमा आएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x