१२ भाद्र २०८३, शुक्रबार
नेपालमा अन्तरिम सरकारको अमेरिकाद्वारा स्वागत
काठमाडौं । अमेरिकाले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएको र जेनजी युवा आन्दोलनको क्रममा भएका दु:खद घटनापछि शान्तिपूर्ण समाधान निस्किएको भन्दै स्वागत गरेको छ ।
साथै लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा समेत अमेरिकाले गरेको छ ।
नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोक राज सिग्देलको भूमिकाको प्रशंसा गर्दै भनेको छ, ‘संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं ।’
नेपाललाई परेको शोकमा आफूहरु साथमै रहेको भन्दै अमेरिकाले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा पनि सहकार्य गर्न तयार रहेको जनाएको छ । अनलाइनखबर
Subscribe
Login
0 Comments


