नेपाली नागरिकलाई नेपाल सरकारबाट नै हेला,समाजिक सुरक्षा भत्ता नदिने
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले नागरिक स्वाभिमानका निम्ति भारत, सिंगापुर र ब्रिटिस सेनाबाट अवकाशप्राप्त परिवारलाई सामाजिक सुरक्षा भत्ता जरुरी रहेको जनाएको छ ।
‘विदेशी सैनिकबाट अवकाशप्राप्त नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिन नमिल्ने नेपाल सरकारको निर्णय संविधानविपरीत छ,’ सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गेसोका सभापति कृष्णकुमार राईले भने, ‘त्यसैले सर्वोच्च अदालतलाई गुहार्न बाध्य भयौं र न्याय पनि पाएका छौं ।’
मन्त्रिपरिषद्ले गत असार १७ गते बेलायती र भारतीय सैनिक तथा सिंगापुर पुलिसबाट अवकाश पाएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेको थियो । उक्त निर्णयलाई लिएर गेसोका सभापति राईले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
भारतमा विश्वकै ठूलो कोरोना भाईरसबिरुद्व खोप निर्माता कम्पनीले सरकारसङ माग्यो अनुमति
यसैबीचमा सरकारले निर्णय फिर्ता लिँदै अध्यादेशमार्फत पूर्ववत् रूपमा भारतीय, बेलायती सैनिक तथा सिंगापुर पुलिसबाट अवकाशप्राप्तले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गरेको छ । सभापति राईले भने, ‘हामीलाई पैसाको भन्दा आत्मसम्मानको खातिर संघर्ष गर्नुपरेको हो ।’
गेसोका अनुसार भारतबाट १ लाख ६० हजार पेन्सनप्राप्त भूपू सैनिक छन् । पेन्सन पाउने एकल महिला ३५ हजारभन्दा बढी छन् । त्यसैगरी ब्रिटिस गोरखा सैनिकबाट अवकाशप्राप्त २० हजार र ४ हजार एकल महिलाले पेन्सन थाप्छन् । सिंगापुरबाट अवकाशप्राप्त १२ हजार रहेका छन् । बेलायत सरकारले भूपू गोर्खालाई आवासीय सुविधा दिएपछि धेरै परिवार बेलायत बसाइँ सरेका छन् । ईकान्तिपुर बाट


