नेपाल आफैले सगरमाथा मापन गर्ने क्षमता हुदाहुदै चिनलाई प्रवेश दिएको असर पर्यटनमा पर्ने
लक्ष्मि थारु । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । तर अहिलेको सगरमाथा मापनमा छिमेकी मुलुक चिनको बढी चासो देखिएको कारण खुल्न सकेको छैन । अहिले नेपाल र नेपाली जनताको मनमा अहिलेसम्म नेपालको सिमा चिनले मिचेको बिवाद सेलाउन न पाउदै अहिले सगरमाथाको मापनले नेपाल सरकारले आफै दोहोरो नितिमा फसेको जस्तो महसुस भइरहेको बिज्ञहरुले बताउँछन् ।
चिनियाँ जहाज उडाउँदा वार्षिक सञ्चालन घाटा ५० करोड,ऋण तिर्न बाकी नै छ
मंगलबार नापी विभागमा भूमि सुधार मन्त्रालयका टोलीसहित परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ विदेश मन्त्री वाङ यी लगायतको टोलीद्वारा भर्चुअल रूपमा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गरिएको हो । अब सगरमाथाको उचाइ आठ हजार ८४८.८६ मिटर भएको छ ।
नेपालले पहिलो पटक आफ्नै स्रोतसाधनले सगरमाथाको उचाइ मापन गरेको हो । नेपालले करीब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो । आफैले मापन गर्ने क्षमता हुँदा हुदै सगरमाथाको मापन चिनको सिधा प्रवेश देखिएको छ् । देशमा कम्युनिस्ट पार्टीको साझेदारीको बहानामा नेपालको विभिन्न संचालित बिकाससिल योजनाहरुमा चिनको प्रवेशले देशको राजनीतिलाई समेत प्रभावित गर्दै छ । यसैबीच राष्ट्रिय युवा पार्टी नेपालले प्रेस वक्तव्य जारी गर्दै जारी प्रेस वक्तव्यमा आरोहीहरुको लागि चीनले नेपालको भन्दा राम्रो व्यवस्था गरिएको भनिएको छ । साथै, चीनले यसबारे निकै प्रचारप्रसार गर्ने उल्लेख गरिएको छ ।
नेपाल र चीनले मङ्गलवार विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको घोषणा गरेको छ । सगरमाथाको नयाँ उचाइ घोषणा गरिएको हो । नयाँ उचाइ यसअघि नेपालले मानिआएको उचाइभन्दा ८६ सेन्टिमिटरले बढी छ।
चीनले भने यसअघि सगरमाथाको उचाइ ८,८४४ मिटर रहेको बताउँदै आएको थियो। नेपाल र चीनले मङ्गलवार संयुक्त रूपमा आयोजित कार्यक्रममा नयाँ उचाइको घोषणा गरेका हुन्। नेपाल र चीनका सर्भे अधिकारीले छुट्टाछुट्टै गरेको सर्वेक्षणको संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय नेपालको मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले गरेको थियो।
यस्तै सगरमाथा उचाई घोषणा कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले शिखर सगरमाथाको उचाइ सार्वजनिक गर्ने ऐतिहासिक काम भएको बताउनुभयो । उहाले अव जलवायु परिवर्तनबाट हिमाललाई जोगाउनका लागि प्रभावकारी रुपमा काम गर्ने बेला आएको धारणा राख्नुभयो ।
त्यस्तै भूमिसुधारमन्त्री पद्मा अर्यालले शिखर सगरमाथाको उचाइ नापेर नेपालको नापी क्षेत्रको क्षमता देखिएको बताउनुभयो ।
कार्यक्रममा सर्वोच्च शिखर सगरमाथाको उचाइ लिन महत्वपूर्ण भूमिका खेलेका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । गत वर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए । सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो । सन् १८४९ देखि १८५५ सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो ।




[…] […]