१२ असार २०८३, शुक्रबार

‘नेपाल–भारत विकास सहकार्य’ विद्यालय भवन निर्माण सम्पन्न

एसीपी संवाददाता

२३ आश्विन २०७७, शुक्रबार ०४:१६ मा प्रकाशित

भारतको तीन करोड तीस लाख नेपाली रुपियाँ सहयोगमा कैलालीको टीकापुरमा श्री सरस्वती माध्यामिक विद्यालय निर्माण भएको छ । 

सुदूर पश्चिमको विद्यालयलाई भारतको सहयोग । भारत सरकारको ने.रु.३.३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको कैलाली जिल्लाको टीकापुर स्थित श्री सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज काठमाडौं स्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधिहरुद्वारा संयुक्त रुपमा उद्घाटन गरियो ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक अनुदान सहयोगमा ११ वटा कक्षा कोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष, सभा कक्ष र सरसफाइ सुविधा सहितको उक्त दुई तल्ले विद्यालय भवनको निर्माण गरिएको हो । भारत सरकार र नेपाल सरकारबीचको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project) को रुपमा अघि सारिएको हो ।

सुदुर पश्चिममा २३ र कैलालीमा ६ वटा गरी भारतले हालसम्म नेपालमा ४२३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ । धनगढी स्थित क्षेत्रीय प्रहरी माध्यमिक विद्यालयमा बहुउद्देश्यीय हल, छात्रहरुका लागि छात्रावास तथा शिक्षकहरुका लागि आवासगृहको निर्माणका लागि अर्को एउटा परियोजना निर्माणाधीन अवस्थामा छ ।

श्री सरस्वती माध्यमिक विद्यालय सन् १९७८ मा कैलालीको टीकापुरमा स्थापना भएको हो । विद्यालयमा ५५० विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत भन्दा बढी छात्रा रहेका छन् । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ । यस परियोजनाले भारत र नेपालबीचको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पु¥याएको छ ।

डा.गोविन्द केसीको जीवन रक्षाको माग राख्दै चिकित्सकहरुको आन्दोलन शुरु

डा.गोविन्द केसीको जीवन रक्षाको माग राख्दै चिकित्सकहरुको आन्दोलन शुरु

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] ‘नेपाल–भारत विकास सहकार्य’ विद्यालय … […]

trackback

[…] ‘नेपाल–भारत विकास सहकार्य’ विद्यालय … […]

3
0
Would love your thoughts, please comment.x
()
x