१२ असार २०८३, शुक्रबार

चीनले ताईवानमाथी आक्रमण गरेमा स्थिती भयानक हुने अमेरीकी चेतावनी

एसीपी संवाददाता

२३ आश्विन २०७७, शुक्रबार ०५:३० मा प्रकाशित

एजेन्सी । अमेरिकाले चीनलाई ताइवानको बारेमा चेतावनी दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले बुधवार चीनलाई ताईवानलाई जबरजस्ती एकिकरण नगर्न चेतावनी दिएको हो । एक अमेरिकी अधिकारीले भने कि ताइवानमा आक्रमण गरेमा परिस्थीती अत्यन्त भयानक हुनेछ ।

उनले भने कि यो अनुमान गर्न गाह्रो छ कि अमेरिकाले यसप्रति कस्तो प्रतिक्रिया देखाउनेछ । चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सका सम्पादक हू शिजिनले यस हप्ता एक लेखमा भनेका छन कि ताइवानले अमेरिकासँग कूटनीतिक सम्बन्ध स्थापित गरेमा चीन युद्धका लागि पूर्ण रूपमा तयार हुनुपर्दछ ।

“दोस्रो विश्वयुद्ध भन्दा पहिले जर्मनीले बेलायतको शाही नौसेनाको प्रतिरोध गर्ने तयारी गरिरहेको छ, चीन पनि नौसेनालाई सुदृढ पार्नमा लागिरहेको छ,“ अमेरिकी अधिकारी ओ’ब्रायनले नेवादा विश्वविद्यालयको एक कार्यक्रममा भने ।

अमेरिकी अधिकारीले भने, समस्या भनेको टापुको बीचमा अवतरण गर्नु धेरै गाह्रो छ । ओ ब्रायनले भने, चीन र ताइवान बीच १ सय ६० किलोमिटरको टाडाँ छ ताइवानमाथी हमला गर्नु चीनका लागि सजिलो छैन् । चीन लगातार ताइवानको नजिक सैन्य गतिविधि बढाउँदै छ । अमेरिकी अधिकारीलाई सोधिएको थियो कि यदि चीनले सैन्य ताकताको बलमा यदि ताइवानलाई सामेल गर्न खोज्यो भने अमेरिकाले के गर्छ । अमेरिकी अधिकारीले भने कि यस बारे अझ स्पष्ट रूपमा केही भन्न सकिदैन ।

अमेरिकाले ताइवानलाई आफ्नो सुरक्षाको लागि हतियार प्रदान गर्दै आएको छ । यद्यपि उनले कहिले पनि स्पष्ट पार्न चाहेनन् कि चिनियाँ हमला हुने स्थितिमा उनले सैन्य हस्तक्षेप गर्ने कि नगर्ने । ब्रायनले ताइवानसँग आफ्नो रक्षा बजेट बढाउन र सैनिक सुधार ल्याउन खोज्नुपर्ने माग गरे ताकि चीनबाट कुनै पनि आक्रमण रोक्न सकिए ताइवानले आफ्नो जीडीपीको १.२ प्रतिशत मात्र आफ्नो रक्षा खर्चमा खर्च गर्दछ ।

अमेरिकी अधिकारीले भने, तपाई रक्षाको एक प्रतिशत मात्र जीडीपी खर्च गर्न सक्नुहुन्न । ब्रायनले भने कि तपाई चीनसँग प्रतिस्पर्धा गर्न अपेक्षा गर्न सक्नुहुन्न, जसले विगत बर्षदेखि आफ्नो सैन्य क्षमता विस्तार गर्दैछ ।

अमेरिकी वरिष्ठ सुरक्षा अधिकारीले मंगलबार ताइवानको रक्षा क्षेत्रमा १.४ अर्ब डलर खर्च गर्ने योजनालाई अर्को वर्ष अपर्याप्त भएको बताएका छन् । उनले भने कि ताइवानले क्रूज मिसाइल, नौसानी खानी र छिटो हमला शिल्प, मोबाइल तशेपखाना र निगरानी प्रणालीमा बढी लगानी गर्नु आवश्यक छ ।

ताइवानमा चिनियाँ हमलासम्बन्धी अमेरिकी रणनीतिमा जापानमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलाई पनि प्रश्न गरिएको थियो । पोम्पीओले आफ्नो जवाफमा भने कि सुरक्षाको हरेक क्षेत्रमा अमेरिका राम्रो सहयोगी हुनेछ । माइक पोम्पीओले भने, “हामीले यो बुझेका छौं कि तुष्टीकरणले समाधानको लागि अग्रसर गर्न सक्दैन । यदि कसैले एक पटक झुके भने, चीनको कम्युनिष्ट सरकारले यसलाई एक कदम अगाडी लैजान्छ । यदि यो जारी रह्यो भने सबैले चीनसामु घुँडा टेक्नु पर्छ ।

नेपालगंजमा कोरोनाबाट ८५ बर्षीया महिलाको मृत्यु

नेपालगंजमा कोरोनाबाट ८५ बर्षीया महिलाको मृत्यु

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] चीनले ताईवानमाथी आक्रमण गरेमा स्थिती… […]

2
0
Would love your thoughts, please comment.x
()
x