१२ मंसिर २०८३, शुक्रबार
पाकिस्तानमा मानवअधिकार उल्लंघन
एजेन्सी – एक प्रभावशाली अमेरिकी सांसदले पाकिस्तानमा मानव अधिकार र लोकतन्त्रको बारम्बार उल्लङ्घनप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई देशमा अभिव्यक्ति स्वतन्त्रता र कानूनको शासन सुनिश्चित गर्न आग्रह गरेका छ्न । हाउस फरेन अफेयर्स कमिटीका सदस्य ब्राड शर्मनले ट्वीट गर्दै पाकिस्तानमा बढ्दो हिंसाका घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । शर्मनले प्रधानमन्त्री शेहबाज सरिफको नेतृत्वमा रहेको सरकारलाई मानव अधिकार उल्लङ्घन गर्नेहरू विरुद्ध कारबाही गर्ने आफ्नो दायित्वको सम्झना गराएका हुन । 
शर्मनको यो भिडियो बयानलाई अपदस्थ प्रधानमन्त्री इमरान खानको पार्टीका एक नेताले शेयर गरेका हुन् । क्यालिफोर्नियाको 32 औं संसदीय जिल्लाको प्रतिनिधित्व गर्ने डेमोक्र्याटिक पार्टीका सांसद शेरम्यानले भने, “हामी मानवअधिकार हनन विरुद्ध आवाज उठाउन हिचकिचाउँदैनौं।”
Subscribe
Login
0 Comments


