१७ असार २०८३, बुधबार

पोखरा विमान स्थल चिनियाँ प्रोजेक्ट बिआरआई अन्तर्गत हैन , यहाँ भएको भ्रष्टाचारको छानबिन हुनु पर्छ

७ फाल्गुन २०८०, सोमबार ००:२४ मा प्रकाशित<

पोखरा बिमान स्थल बारेमा भ्रम सृजना गर्ने चिनियाँ राजदुत चेन सोङ ( बिआरआई परियोजना अनर्गत भनेर गलत प्रचार गरे )

सिमा केसी पोखरा  , फागुन ६ गते – पोखराको पृथ्वी चोकमा आज सार्वजनिक बहस कार्यक्रम गरिएको छ । राष्ट्रिय एकता अभियान , स्वतन्त्र पत्रकार महासघ कास्की र विभिन्न सहयोगी मिडियाको सयुक्त आयोजनामा सार्वजनिक बहस कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रमका वक्ताहरूले जसरी पनि पोखरा बिमानस्थल सन्चालन हुनु पर्ने कुरामा बल दिएका थिए । अन्तर्राष्ट्रिय विमान स्थल निर्माण गरेर अहिलेसम्म किन सन्चालनमा ल्याउन नसकेको नेपाल सरकार सङ माङ गरेका छन । पोख्रेलीहरु लाई जहिले पनि झुक्याउने काम भएको छ । अहिले पनि हामी पोखराका स्थानीय जनताले यो विमान स्थल जसरी पनि सन्चालन गर्नु पर्छ माङ गरेका छ्न ।  कार्यक्रमका अतिथिहरुले पोखरा बिमान स्थलको सम्झौता २०१२ सालमा हुँदा बिआरआईको कुरा आएको थिएन ।  

नेपालका लागि चिनियाँ राजदुत चेन सोङले पोखरा विमान स्थल उदघाटनका बेला नेपालले बिआरआई परियोजना अन्तर्गत यो  बिमान स्थल हो भनेका थिए उक्त कुरामा विभिन्न नेताहरूले बिरोध जनाउदा पनि चिनियाँ राजदुत सोङ आफ्नो भनाई बारे स्पष्टता गरेका थिएनन भने नेपाल सरकार र प्रधानमन्त्रीले यो बारेमा मौन बसेका हुन । बिआरआईको सम्झौता २०१७ सालमा भएको हो अनि पोखरा विमान स्थलको सम्झौता २०१२ मा भएको थियोे भने बिआरआइ मा कसरी शामिल भयो पोखरा बिमान स्थल ? यो बिसयमा नेपाली जनतालाई स्पष्ट पार्नु  पर्ने वक्ताले माङ गरे । पोखरा बिमान  स्थलको धावन मार्ग जम्मा २.५ किलोमिटरको छ तर यसको लागत लुम्बिनी बिमान स्थलको धावन मार्ग भन्दा धेरैको बिल पेश गरि भ्रष्टाचार भएको छ ।

धावन मार्गको बिल र सम्पूर्ण कागज पेश गर्न महानिर्देशकलाई अख्तियरले मागेको हो । यसको छिटोभन्दा छिटो छानबिन हुन आवश्यक छ । पोखरा बिमान स्थलको भ्रष्टाचार बारेमा नेपाली जनता खासगरी पोखराको जनताले आवाज उठाउन जरुरी रहेको छ ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघ निवर्तमान केन्द्रिय आनन्द राज मुल्मी ,  वरिष्ठ पत्रकार एवं विशेषज्ञ  युगनाथ शर्मा पौडेयाल ,  समाजिक अभियन्ता कुमार राना ,  पत्रकार महासघ कि अध्यक्ष बिमला भण्डारी सहित दर्जनौं वक्ताहरुले आफ्नो धारणा व्यक्त गरेका थिए ।

बहस कार्यक्रममा वक्ताहरूले भने अहिलेसम्म भारतले हवाई रुट दिएन भनेर अनर्गल प्रचार हुदै आएको छ ।

भारतको कारणले विमान स्थल चलेन भनेर विभिन्न समाजिक संजालमा झुठो प्रचार भयो यो सरासर गलत हो ।

पोखरा विमान स्थल खासगरी चिनियाँ ठेकेदार मात्र सहभागी गराईयो र चिनियाँ  ऋण लिई चिनियाँ कम्पनीलाई ठेक्का दिईयो । जबकी यो विमन स्थल बनाउन जापान पनि तयार रहेको थियोे । केही बर्स अघि जापानले सस्तो मा बनाउने प्रस्ताव गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x