११ मंसिर २०८३, बिहीबार

प्रधानमन्त्रीले प्रतिनिधी सभा बिघटन गरेको सबैधनिक कदम- गौतम

एसीपी संवाददाता

२३ पुष २०७७, बिहीबार ०८:०८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टाीका उपाध्यक्ष तर अहिले उनी पार्टीमा कुन तिर जाने फाइनल नभएको बेला राष्ट्रिय सभा सदस्य समेत रहेका बामदेव गौतमले प्रतिनिधि सभा विघटनलाई संवैधानिक भएको बताउनुभएको छ । सभा विघटनविरुद्ध सर्वोच्चमा परेका रिटहरूको विषयमा संवैधानिक इजलासमा बहस हुन थालेका त्यसलाई असंवैधानिका भन्न नहुने गौतमले भन्नु भयो । ‘मैले यो असंवैधानिक कदम हो भनेँ गौतमको दावी हो । तर, सर्वोच्च अदालतमा परेका रिटहरू संवैधानिक इजलासमा लगेपछि असंवैधानिक हो भन्न मिल्दैन ।’

सिमास्तम्भ रङ्ग्याउँदै चीन

अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि आफूले यसलाई असंवैधानिक नभन्ने उहाँको तर्क छ । ‘यो विषय संवैधानिक विषय हो भनिसकेपछि पुनर्स्थापना भए पनि असंवैधानिक भएर पुनर्स्थापना भयो भन्ने छैन ।’ असंवैधानिक विषय संवैधानिक इजलासमा प्रवेश नै नुहने नेता गौतमको भनाइ छ ।

संविधान भित्रको विषय आफूले भनेबमोजिम भएन भन्दैमा संविधानलाई बदनाम गर्न नहुने उहाँको भनाइ छ । उहाँले घुमाउरो तरिकाले प्रतिनिधि सभा विघटनलाई संवैधानिक बताउँदै आफ्नो स्वार्थअनुसार संविधानलाई बदनाम गर्न नहुने धारणा राख्नुभयो ।

राष्ट्रिय सभा बैठकमा गौतमले पहिलो पटक आफ्नो धारणा राख्नुभएको हो । यसअघि बसेको बैठकमा उहाँले आफ्नो धारणा राख्न पाउनुभएको थिएन । इमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x