२ श्रावण २०८३, शनिबार

प्रधानमन्त्री ओलिको अर्को प्रस्ताव आए नि एकताको बाटो मान्न नसकिने-पोख्रेल

एसीपी संवाददाता

४ मंसिर २०७७, बिहीबार ०३:२२ मा प्रकाशित

नेकपा नेता तथा स्थायी समिति सदस्य शंकर पोखरेलले सचिवालय बैठकले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई अर्को प्रस्ताव ल्याउन समय दिनुलाई पार्टी एकताको बाटो मान्न नसकिने बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लुम्विनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय वैठकले प्रधानमन्त्रीसमेत रहेका प्रथम अध्यक्षलाई वैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ भन्दै पार्टी एकताले पूर्णता नपाउदै समानन्तर दस्तावेजको वाटो एकतातर्फको वाटो अवश्य होइन भनेका छन् ।

कम्युनिष्ट पार्टीका बरिष्ठ नेताको भनाई तिनै तहका सरकार छाडा

पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय वैठकले प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्षलाई वैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ । पार्टी एकताले पूर्णता नपाउदै समानन्तर दस्तावेज वाटो एकतातर्फको वाटो अवश्य होइन’, पोखरेलले भनेका छन्,‘१० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका कमरेडहरु गम्भीर बन्नुहोस् । अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरुगर्नेछ । रातोपाटीबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x